Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक वर्षमा निजी आवास पुनःनिर्माण, तीन वर्षमा काष्ठमण्डप, धरहरा र रानीपोखरी

काठमाडौं ७ जेठ : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुनःनिर्माण प्रक्रियालाई सरल बनाई तीव्रता दिइने उल्लेख गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आव २०७५/२०७६ को नीति तथा कार्यक्रममा २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त निजी आवास, पुरातात्विक सम्पदा र सरकारी भवन पुनःनिर्माणलाई सरल बनाई तीव्रता दिइने उल्लेख गरिएको हो ।

भूकम्पबाट क्षतिग्रस्त संरचना, सम्पदा तथा पूर्वाधारहरुको पुनःनिर्माणमा तीव्रता दिइने उहाँले उल्लेख गर्नुभयो । एक वर्षमा निजी आवास पुनःनिर्माणलाई सक्ने एवं तीन वर्षमा काष्ठमण्डप, धरहरा र रानीपोखरी जस्ता सम्पदाको काम सक्ने नीति सरकारले लिएको छ । (रासस)

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्