Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको नीति तथा कार्यक्रम आज, संघीय संसद दुलाही झैँ सिंगारियो

काठमाडौं : संघीय संसद दुलाही झैँ सिंगारिएको छ । आज ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाले संघीय संसद दुलाही झैँ सिंगारिएको हो ।

संसद सचिवालयका अनुशार नयाँ संविधान कार्यान्वयनमा आएसँगै राष्ट्रपति भण्डारीले संघीय संसद्को संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा पहिलो पटक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी छन् ।

एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

राष्ट्रपति संघीय संसदलाई सम्बोधन गर्न आउने भएपछि उनको स्वागतका लागि संघीय संसद परिसर सिंगारिएको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्