Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ सय रुपैयाँको खर्चमा दुई प्रेमजोडी बाँधिए नयाँ सम्बन्धमा

सप्तरी : समाजमा रहेको कुरीतीलाई ठूलो चुनौती दिदै सप्तरीमा एक प्रेमीजोडीले आदर्श विवाह गरेका छन् । कुल ५ सय रुपैयाँको खर्चमा उक्त जोडीले बिवाह गरेका हुन् । मंगलबार सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ का २२ बर्षिय अंकेश यादव र सोही वडा की २० बिर्षया प्रतिभा कुमारी यादवले मन्दिरमा गएर आदर्श विवाह गरेका हुन् ।

छिन्नमस्ता भगवती मन्दिरमा बिना तामझाम सादा समारोहका बिच सम्पन्न भएको हो । विवाहमा दुवै पक्षका अभिभावकलाई चिया बिस्कीट, माला, सिन्दुर पोते र पंडित नरेश झालाई ५ साय रुपैयाँ दक्षिणा गरी कुल ५ सय रुपैयाँ को खर्च भएको बेहुलीका पिता राम सुन्दर यादवले बताए ।

प्रेम सम्बन्धकै कारण एक साता अघि घरबाट भागेका ति प्रेमी जोडीलाई झिकाई दवुैको अभिभावकको सहमति तथा स्थानियको उपस्थितिमा आदर्श विवाह सम्पन्न भएको वैवाहिक कार्यक्रममा सहभागी भएका संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश यादवले बताए । विवाह पछि निकै प्रसन्न मुद्रामा देखिएका बेहुला अंकेसले भने – दाईजोको चक्कमा नपरी मन पराएकी केटीसँग गरेको प्रेम विवाहमा परिणत भएपछि खुशिको सिमा छैन ।

प्रकाशित मिति: May 16, 2018

प्रतिक्रिया दिनुहोस्