Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशसभा सदस्य लामिछानेको शोकमा मंगलबार स्थानीय तह बन्द

भक्तपुर : प्रदेश नं ३ का प्रदेशसभा सदस्य एवं चाँगुनारायण नगरपालिका–६ नगरकोट, तेलकोटका बासिन्दा हरिशरण लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउन भक्तपुरको स्थानीय तहअन्तर्गतका कार्यालय मंगलबार एक दिन बन्द हुने भएको छ ।

जिल्ला समन्वय समिति भक्तपुर तथा सूर्य्विनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाका प्रमुखसहितको बैठकले सो दिन जिसस र नगरपालिकाको आधा झण्डा झुकाउने एवं जिसस, नगरपालिका कार्यालय र वडा कार्यालय एक दिन बन्द गरिने चाँगुनारायणका नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । यता एमाले भक्तपुरले एमाले भक्तपुरसचिव एवं प्रदेश नं ३ का प्रदेश सदस्य लामिछानेको निधनमा शोक मनाउँदै तीनदिन पार्टीको झण्डा झुकाउने निर्णय गरेको जिल्ला कमिटीका कावा अध्यक्ष वचन देउजाले जानकारी दिए ।

प्रकाशित मिति: May 14, 2018

प्रतिक्रिया दिनुहोस्