Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धर्म गुरु श्रीनिवास आचार्यमाथि हातहतियार तथा खरखजानाअन्तर्गत मुद्धा दर्ता

विराटनगर : धर्म गुरु श्रीनिवास आचार्यमाथि जिल्ला प्रहरी कार्यालय मोरङले हातहतियार तथा खरखजानाअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ ।

आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका आचार्यमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट आज १० दिनको म्याद थप गरिएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए ।

सोमबार प्रहरीले काठमाडौंमा पक्राउ गरी आचार्यलाई विराटनगर ल्याइएको हो ।

आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवन भरतपुर नगरपालिका बेलचौंकका माधव जोशी र नवलपरासी गैंडाकोटका लक्ष्मीराज अधिकारीलाई पक्राउ गरी कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।

विराटनगर–१४ को जतुवास्थित रामजानकी मन्दिरमा कथा वाचन गर्न आएका बेला गत चैत २५ गते गोली प्रहारबाट घाइते भएका आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भएको थियो ।

प्रकाशित मिति: May 8, 2018

प्रतिक्रिया दिनुहोस्