Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङमा पनि बन्ने भयो बाघे सिमसार, आकर्षक पर्यटनस्थल बनाउन प्रवद्र्धन शुरु

मोरङ : मोरङको पथरीशनिश्चरे नगरको आकर्षक पर्यटनस्थल बन्ने सम्भावना रहेको बाघे सिमसार क्षेत्रको प्रवद्र्धन थालिएको छ ।

नगरको वडा नम्बर १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले भूटानी शरणार्थी शिविरको सिधा पर्ने पूर्वपश्चिम मुख्य सडकबाट उत्तरको वनभित्र रहेको सिमसार क्षेत्रको सरसफाइ गरी पोखरी निर्माण गर्ने काम थालेको हो । तत्काल वन समूहले रु पाँच लाख विनियोजन गरी स्काभेटर लगाएर सिमसार क्षेत्रलाई पोखरीको रुप दिने काम थालिएको समूह सचिव मैनादेवी फुयाँल आचार्यले बताउनुभयो ।

तीनवटा पोखरीमध्ये सबैभन्दा उत्तरमा रहेको सो पोखरीपछि पूर्वपश्चिम सडकसँगै जोडिएको पोखरी समेतलाई व्यवस्थित गरी पर्यटकीय क्षेत्र बनाउने योजना रहेको आचार्यले सुनाउनुभयो ।पोखरीका लागि समूहले वर्षेनि काम गर्दै जाने र नगरपालिका कार्यालयले पनि सहयोग पु¥याउन माग गरिएको उल्लेख गर्नुभयो ।

नगर प्रमुख दिलीपकुमार राईसहितको नगरपालिकाको टोलीले सो क्षेत्रको अवलोकन गरी पर्यटकीय सम्भावना बोकेको स्थलका रुपमा अंकित गरिसकेको छ । पथरीशनिश्चरे नगर पूर्वमा वन तथा सिमसारयुक्त पर्यटनको प्रवल सम्भावना बोकेको नगरका रुपमा रहेको छ ।

प्रकाशित मिति: May 1, 2018

प्रतिक्रिया दिनुहोस्