Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चरणबद्ध तालाबन्दीका कारण कानून संकायको स्नातक प्रथम वर्षको भर्ना प्रभावीत

काठमाडौँ : कानून संकायको डिन कार्यालयमा विद्यार्थी संगठनले चरणबद्ध रुपमा एकपछि अर्कोले तालाबन्दी गर्दा कानून संकायको स्नातक प्रथम वर्षको भर्ना प्रभावित भएको छ । डिन कार्यालयले कानूनमा स्नातक तह प्रथम वर्षमा भर्ना गर्नका लागि कोटा प्रणाली लागू गरेपछि एकपछि अर्को विद्यार्थी संगठनले तालाबन्दी गरेपछि भर्ना प्रभावित भएको हो ।

पहिलो अनेरास्ववियुले कोटा संख्या बढाउनुपर्ने माग गर्दै ताला लगाएपछि ४० दिनपछि सहमतिपश्चात् ताला खोलिएको थियो । त्यो ताला खोलेको १० दिन नबित्दै फेरि नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी)ले वैशाख १० गतेदेखि पुनःताला लगाएका छन् ।

अनेरास्ववियुसँग ६०० कोटा विद्यार्थी भर्ना गर्ने सहमति भएको थियो । संघ र क्रान्तिकारीले ५०० जना भर्ना गर्नुपर्ने वा पहिलेकै अवस्थामा विद्यार्थीको कोटा संख्या नतोकिकन भर्ना लिनुपर्ने भन्दै ताला लगाएका हुन् । नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख दीनानाथ पराजुलीले विद्यार्थी संगठनले चरणबद्ध रुपमा ताला लगाएको हुनाले विद्यार्थी भर्ना प्रक्रिया रोकिएको बताउनुभयो ।

प्रकाशित मिति: Apr 27, 2018

प्रतिक्रिया दिनुहोस्