Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्षको ईमानदारीताले गाउँपालिकालाई २ करोड़ बढ़ी फाईदा

सर्लाही : चन्द्रनगर गाउँपालिका अध्यक्षको ईमानदारीताले गाउँपालिकालाई २ करोड़ बढ़ी फाईदा भएको छ। चन्द्रनगर गाउँपालिकाको नाढी तालको माछा ६ करोड़ १९ लाख ९५ हज़ारमा ५ बर्षको लागी ठेकामा लागेको छ। चन्द्रनगर गाउँपालिका स्थित नाढी तालको माछा पाँच बर्षको लागी न्युनितम ३ करोड़ ५० लाखमा टेन्डर आह्वान गरेको थियो। सिलबन्दी गरेर भरेको टेन्डरमा सर्वाधिक ६ करोड़ १९ लाख ९५ हज़ारमा भरेको थियो भने दोस्रोले ४ करोड़ १२ लाखमा भरेको थियो।

नियमानुसार सर्वाधिक ६ करोड़ १९ लाख ९५ हज़ार भरेकोले नलिए दोस्रो ४ करोड़ १२ लाखमा भरेकोले पाउँथ्यो तर गाँपालिका अध्यक्ष महेन्द्र महतोले दोस्रोलाई दिए गाउँपालिकालाई २ करोड़ भन्दा बढ़ी घाटा हुनेभएकोले टेन्डर रद्द गरिदिने भनेपछी सर्वाधिक ६ करोड़ १९ लाख ९५ हज़ार भरेकोले नै गाउँपालिकासँग पाँच वर्षको लागी सम्झौता गरेको छ।

नियमानुसार सर्वाधिक ६ करोड़ १९ लाख ९५ हज़ार भरेकोले नलिए दोस्रो ४ करोड़ १२ लाखमा भरेकोले पाउने भएकोले प्रमुख महतोलाई टेन्डर रद्द नगरे एक करोड़ सम्म दिने आर्थिक प्रलोभन समेत दिएको गाउँपालिका बुद्धिजीवीहरूको दावी छ। तर महतोको ईमानदारीताले नाढी तल ६ करोड़ १९ लाख ९५ हज़ारमा ५ बर्षको लागी ठेका लागी गाउँपालिकालाई २ करोड़ बढ़ी फाईदा भएको छ। गाउँपालिका एक कुशल र ईमानदार नेतृत्वको हातमा रहेकोले गाउँपालिकाको बिकाश हुनेमा पनि गाउँपालिका बुद्धिजीवीहरू बिश्वस्त छन्।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्