Logo
१५ बैशाख २०८१, शनिबार
(March 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेयरलाई ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने दुई जना पक्राउ

रौतहट : रौतहटको बृन्दाबन नगरपालिकाका प्रमुख रामस्नेही राय यादबलाई अपहरण र हत्याको धम्की दिने दुई जना ललितपुरको बालकुमारीबाट पक्राउ परेका छन् ।  नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको प्रहरी टोलिले नगरप्रमुख यादबलाई धम्की दिने रौतहटको कटहरिया निबासी २५ वर्षीय मोहम्मद सम्सुल आलम र राजपुर नगरपालिका निवासी ४५ वर्षीय जुल्फिकर सेक रहेका छन् ।

उनीहरुलाई ललितपुरको बालकुमारीबाट नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको प्रहरी टोलिले पक्राउ गरेको व्युरोका एसएसपी घनश्याम अर्यालले जानकारी दिए । पक्राउ परेका दुबैले नगरप्रमुख यादबसंग बीस लाख रुपैयाँ चन्दा माग गरेको र नदिए हत्या गर्ने धम्की दिएका थिए । उनीहरुको लामो प्रयास पछि नगरप्रमुख यादवलाई दश लाख सम्म दिए पनि आफुहरुले केही नगर्ने भन्दै रकम लिनलाई मोलमोलाई गर्दै आएका थिए ।

नगरप्रमुख यादवले भने उनीहरुले धम्की दिए पिच्छे प्रहरीलाई जानकारी गराउँदै आएका थिए । धम्की दिने समुहका दुई जना पक्राउ परेपछि बृन्दाबन नगरपालिकाका प्रमुख रामस्नेही राय यादवले कानुनी राज्यको अनुभुति भएको बताए । पक्राउ परेका दुबै जनालाई रौतहट पठाउने तयारी भएको व्युरोका एसएसपी अर्यालले जानकारी दिएका छन् ।

दैनिकजसो धम्की आउन थालेपछि नगरप्रमुख यादव र उनको घरपरिबार आतंकित बनेका थिए । नगरप्रमुख यादबले धम्की दिने ब्यक्तिको मोबाईल नम्बर सहित जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी दिएको दश दिन पछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

प्रकाशित मिति: Mar 19, 2018

प्रतिक्रिया दिनुहोस्