Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ उपमन्त्री र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ : नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसंग नेपाल भ्रमणमा रहेएका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले दाहाल निवासमा भेटवार्ता गरेका छन् । खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा मंगलबार भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा नेपाल र चीनबीचको आपसी हित तथा चासोका विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा उपमन्त्री झाउले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकताबारे राखेका जिज्ञासामा अध्यक्ष दाहालले नेपालको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि दुबै पार्टी एकताको निर्णयमा पुगेको बताएको उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ c

अध्यक्ष दाहालले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यका साथ शुरु भएको यस एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्नेमा जोड दिएको बताए । चिनियाँ उपमन्त्री झाउले दुई पार्टीबीचको एकीकरणमा स्वागत गर्दै यो एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्नेसक्ने बताएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारका तर्फबाट चीन सरकारसँग यसअघि भएका सहमति तथा सम्झौता व्यवहारमा रुपान्तरित हुने विश्वास व्यक्त गदै उनले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरेको बताइएको हो ।

नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पु¥याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा पनि सहयोगका क्षेत्र विस्तार गर्दै जाने चिनियाँ उपमन्त्री झाउले बताएका थिए ।

प्रकाशित मिति: Feb 20, 2018

प्रतिक्रिया दिनुहोस्