Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्षेत्रीय अस्पताललाई प्रदेशकै नमूना बनाइने : महेन्द्रबहादुर शाही

सुर्खेत : प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतलाई प्रदेशकै नमूना अस्पताल बनाइने बताए । अस्पतालको १२ औँ स्थापना दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले अपस्पताललाई सुविधा सम्पन्न बनाएर यहाँका नागरिक उपचारकै लागि बाहिर जानुपर्ने झन्झटको अन्त्य गर्ने बताए ।

प्रदेश सरकारले आगामी दिनमा अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाउनतर्फ कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री शाहीको भनाइ छ । अस्पतालमार्फत जटिल प्रकृतिका बिरामीको सेवा सुर्खेतमै दिन सरकारले आवश्यक नीति बनाएर केन्द्र सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री शाहीले बताए ।

प्रकाशित मिति: Feb 20, 2018

प्रतिक्रिया दिनुहोस्