Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङमा विप्लवको बन्दले यातायात र बजार बन्द

दाङ : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव दाङमा मंगलबार बिहानैदेखि परेको छ। बन्दका कारण यातायातका साधान सञ्चालनमा आउन सकेका छैनन् भने शिक्षण संस्था, बजार, कलकारखाना सबै ठप्प छन्। बजारमा आन्तरिक रूपमा फाट्टफुट्ट मोटरसाइकल र अटो रिक्साहरू भने सञ्चालनमा आएका छन् ।

तुलसीपुर बसपार्कमा एकजना व्यक्तिको मोटरसाइकल पल्टाइदिएपछि बसपार्कबाट २९ वर्षीय प्रेम परियारलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले बताए।

आइतबार विराटनगरमा आयोजित राष्ट्रिय युवा जनस्वयम सेवक नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटनका लागि पुगेका नेताहरूलाई गिरफ्तार गरेको विरोधमा बन्द आह्वान गरिएको दाङ जिल्ला सेक्रेटरी विक्रमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आइतबार प्रहरीले उक्त पार्टीका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश वली (सुर्दशन) र पोलिटव्यूरो सदस्य पदम राई लगायतका नेता कार्यकर्तालाई विनाकारण गिरफ्तार गरिएको विज्ञप्तिमा उल्लेख छ। उनीहरूको रिहाईको माग गर्दै बन्द गरिएको जानकारी दिए ।

प्रकाशित मिति: Feb 20, 2018

प्रतिक्रिया दिनुहोस्