Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्नीबारे समाचार लेखेपछि राजपा नेता झाले दिए भौतिक कारवाही गर्ने धम्की

रौतहट : राजपा अध्यक्ष मण्डलका नेता अनिलकुमार झाले समाचार लेखेकै कारण एक पत्रकारलाई भौतिक कारवाही गर्ने धम्की दिएका छन् । नेता झा पत्रकार संजय सहनीलाई भौतिक कार्यवाही गर्ने धम्की दिएका हुन् । अनलाइन न्यूज पोर्टल आजतक मधेश डटकमका सम्पादक समेत रहेका सहनीलाई समाचार लेखेकै कारण धम्कीको शिकार हुनपरेको पत्रकार महासंघले जनाएको छ ।

रौतहट कार्यसमिति सदस्य समेत रहेका पत्रकार सहनीलाई भौतिक कारवाही दिएकोमा महासंघले भत्र्सना समेत गरेको छ । महासंघले एक विज्ञप्ती जारी गर्दै भत्र्सना गरेका हुन् । रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद झाले टेलिफोन गरी धम्की दिएका हुन् ।

पत्रकार सहनीले ‘राजपामा विवाद अनिल कुमार झाले श्रीमतीलाई जसरी भएपनि मन्त्री बनाउन अडान‘ भनी शिर्षकमा समाचार लेखेका थिए । उक्त समाचार पछि सांसद झाले सहनीको मोबाइल नम्बर ९८५५०४०८७२ मा ९८५१०५०३५७ नम्बरबाट फोन गरेर धमकी दिएका हुन् । महासंघले संबिधानले प्रदत अधिकारलाई राजनीतिक दलकै नेताबाट कुण्डित एवं दुरुपयोग गर्ने कार्य भएको जनाएको छ । महासंघले झा माथि कानुनी कारवाहीका लागि समेत सम्बन्धित निकायलाई ध्यान आकर्षण गरेको छ ।

नेता झाले अपशव्द प्रयोग गर्दै भौतिक कार्यवाही गर्ने भनी धम्की दिएको अडियो रेकर्ड सहित पत्रकार सहनीले महासंघलाई जानकारी गराएका थिए । गत विहिवार राति १० बजेको समयमा सांसद झाले फोन गरेर धमक्याएको सहनीको भनाइ रहेको छ । ‘मेरो या पत्नीको बारेमा जथाभावी समाचार नलेख्नु, मेरो पार्टीमा के भयो तिमीलाई के मतलब, मैले कसैको आमाले अनैतिक कार्य गरेको भनी पोस्ट गरे पछि के हुने छ ?’ झाको भनाई उदृत गर्दै पत्रकार सहनी ने भने नेता झाले मलाई भौतिक कारवाही गर्ने धम्की दिएका छन् ।

‘५० वर्षको उमेर भएकोमा ३० वर्ष देखि आन्दोलनमा रहेको हुदा फर्सीको कलि न सम्झनु जसलाई औला देखाएमा सुकेर जान्छ, भौतिक कारवाही सहित जे पनि गर्न सक्छौ’ पत्रकार सहनीले उनको जस्ताको त्यस्तै भनाई उदृत गदै भने ‘मसंग उहाँको सबै भनाईहरुको अडियो रेर्कड छ ।’

प्रकाशित मिति: Feb 17, 2018

प्रतिक्रिया दिनुहोस्