Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संयूक्त सरकार बनाउन राजपा–फोरम सहमत तर पदमा कुरा मिलेन

जनकपुर । स्पष्ट बहुमत पाएका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश नम्बर २ मा सरकार बनाउन सहमत भएपनि पदिय भागबण्डामा भने कुरा विवाद बाँझैको छ । सरकार गठनको बिषयमा फोरम र राजपा नेपालबीच मंगलवार जनकपुरको एक होटेलमा वार्ता भएको हो ।

प्रदेश २ मा संगै मिलेर चुनाव लडेका दुई दल मिलेर सरकार बनाउने प्रयासलाई औपचारिकता दिएको हो । ‘मुख्यमन्त्रीमा राजपाले दावी गरेपछि कुरो त्यो भन्दा अगाडी नै बढेन श्रोतले भन्यो तर राजपा फोरमले मिलेर सरकार बनायउनमा नेताहरुले सम्झदारी गरेका छन् ।’ श्रोतका अनुसार राजपाले भने आलोपाले सरकार बनाउनु पर्ने प्रस्ताव गरेको थियो ‘समान्य छलफलहरु अनौपचारिक रुपमा यसअघि पनि जारी नै थियो तर आजको बैठकमा दुवै पार्टीले मुख्यमन्त्रीमा दावी गरे कुरा मिल्ने त कुरै भएन श्रोतले भने अब आ–आफना पार्टीमा सहमती गरेर सरकारबारे छलफलमा जुटनेछन् ।’

तर औपचारिक रुपमा नेताहरुले भने यो पहिलो बैठक भएकाले यसमा एक अर्काकोकुरा मात्र सुनिएको दावी गरेका छन् । ‘औपचारिक कुराकानी भएको छ’ राजपा नेता अनिल झाले भने, ‘ बहुमत पनि आएको छ र, जनमतलाई सम्मान गर्नुपर्छ भन्नेमा हामि सहमत भएका छौं । एक–अर्काको कुरा सुन्यौं’ अब अर्को बैठकले सबै खालको सहमती गर्नेछन् ।

बैठकमा फोरम अध्यक्ष उपेन्द्र यादव, महासचिव रामसहाय यादवसहित का नेताहरु सहभागी रहेका छन् । यता राजपाका तर्फबाट अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर सहित राजपाका शीर्षस्थ नेता सहभागी थिए । फोरमले सोमबार लालबाबु राउतलाई मूख्य मन्त्रीको उम्मेदवार बनाएपछि आज बार्ता सुरु भएको हो । २९ सिट जितेको फोरमले मुख्यमन्त्री दाबी गरेको छ । ठूलो दल भएकाले उसको दाबी स्वभाविक भएको राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले बताए ।

प्रकाशित मिति: Feb 6, 2018

प्रतिक्रिया दिनुहोस्