Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीद्वारा ओलीलाई ‘भावी प्रधानमन्त्रीको’ रुपमा शुभकामना

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा शुभकामना दिएका छन् ।  ‘छुटीको दिन’ लाई सदुपयोग गर्दै भारतीय प्रधानमन्त्री मोदीले नोपलमा सबै समुदायलाई समेटेर सरकार बनाउनुपर्नेमा जोड् दिएका छन् ।

‘मोदीले मधेशीको समस्या हल गर्नुपर्ने घुमाउरो त्वरले आग्रह गरेका हुन्’ मोदीको निजि सचिवालयमा रहेका एक सदस्यले भने ‘नेपालमा मधेशी समस्याको अन्त्य भए देशमा पुर्ण रुपमा राजनीतिक समस्याको अन्त्य हुनेर नेपाल विकासको पथमा लम्किनेमा मोदीको जोड थियो ।’ दुई देशबीच समान्य असमझदारीका कारण सम्बन्धमा केहि तरलता समेत आएको र नेपालमा नयाँ बन्ने स्थीर सरकारले यसलाई हल गर्नुपर्नेमा मोदीको जोड रहेको छ ।

जवाफमा ओलीले आफूले वान टु वान वार्ता गरेर असामान्य असम्झारीहरु स्पष्ट पार्न चाहेको बताएका थिए । ‘नेपालमा अब स्थिर सरकार बन्न लागेको छ’ जवाफमा ओलीले भनेका छन् ‘समान्य केहि असझदारीहरुलाई चिर्दै भारतको सहयोग अत्ति नै सहयोगको आवश्यक्ता रहेको छ’ तर यसका लागि वान टु वान कुराकानीको आवश्यक्ता छ ।’

यता, ओलीका प्रेस संयोजक चेतन अधिकारीले टेलिफोन वार्तामा मोदीले भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिदै नेपाल आउन इच्छुक रहेको समेत बताएका छन् । ‘मोदीले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको छ,’ अधिकारीले प्रेस नोट जारी गर्दै भनेका छन, ‘अध्यक्ष ओलीले प्रधानमन्त्री मोदीको प्रस्ताव स्वीकार्दै उहाँलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ ।’

ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आग्रह गरेको अधिकारीले जानकारी दिए । मोदीले गत पुस ६ गते पनि ओलीलाई फोन गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ठूलो पार्टी भएकोमा बधाई दिएका थिए ।

प्रकाशित मिति: Jan 21, 2018

प्रतिक्रिया दिनुहोस्