Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘शान प्रजापति’को मुद्दा छानविन गर्न भारतीय पक्षलाई पत्राचार गरिने : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको उत्तराखण्ड नैनितालको सेरउड कलेजमा तीन वर्ष अघि नेपाली विद्यार्थी सान प्रजापतिको रहस्यपुर्ण मृत्युबारे भारतीय उच्च तहसंग कुराकानी गर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाली बिद्यार्थीको रहस्यमय मृत्युबारे छानवीन हुनुपर्ने र उनका आत्मा सहित परिवारले समेत न्याय पाउनुपर्ने धारणा नेपाल पक्षको हुने बताए ।

‘निसानले न्याय पाए सिगो विश्वकै बिद्यार्थीहरु हर्षित हुनेछन्’ प्रधानमन्त्री देउवाले भने ‘यसबारे म सिरयसली भारतीय उच्च तह कुराकानी गर्ने छु ।’ यूवा नेता बिक्रम थापाको नेतृत्वमा सानका परिवारजन प्रधानमन्त्रीलाई भेट्न उनका सरकारी निवास बलुवाटार पुगेका थिए ।  ‘वहाँले शान प्रजापतिको मुद्दा भारतीय सरकार र आगरा चर्च का बिसप दुबै लाई पत्राचार गर्ने बताउनुभएको छ’ थापाले भने ‘प्रधानमनत्रीजीले निर्दोष नेपाली बालकको न्यायको लडाइँमा साथ दिने आश्वासन समेत दिनुभएको छ ।’

यसैबीच हत्यरा तथा संलग्नहरुमाथी कारबाहीको माग गर्दै माइतीघर मण्डलामा पटक पटक प्रदर्शन हुदै आएको छ । ३ बर्ष अघि एक १४ बर्ष को निर्दोष बालकको उतराखण्डका शेरवुड कलेज नैनीताल भारतमा स्कुलको लापरबाहीका कारण मृत्यु एको थियो । शान प्रजापति काठमाडौ निवासी एकल आमा नीना श्रेष्ठको एक मात्र सन्तान थिए । बिगत ३ बर्ष देखि थापाको अगुवाइमा शानको लागि न्यायका लागि बिभिन्न खालका आन्दोलन तथा दवाबका कार्यक्रमहरु चल्दै आएको छ ।

प्रकाशित मिति: Jan 21, 2018

प्रतिक्रिया दिनुहोस्