Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाचौं स्थानमा रहेको राजपा बन्यो चौथो राष्ट्रिय दल

काठमाडौं : निर्वाचन आयोगले पछिल्लो समय जानकारी गराएको मतपरिणाम अनुसार मात्र ५ वटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्न सफल भएको छ, भने राजपा नेपाल चौथो ठुलो दल बनेको छ । यसअघि संघिय समाजवादी फोरम चौथो ठुलो राजनीतिक दल थियो । उता, नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी सहित बिभिन्न दलहरको संयुक्त चुनाव चिन्ह रहेका दल तेस्रो ठुलो राष्ट्रिय पार्टी बनेको छ ।

माओवादीलाई तेस्रो दल मानिएतापनि त्यसमा धेरै दलहरु रहेको आयोगले जनाएको छ । आयोगका अनुसार एकल चिन्ह गोलाकारभित्रको हसिया हथौडा भनेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का साथै समाजवादी जनता पार्टी, जनजागरण पार्टी नेपाल, एकल चिन्ह हसिया तारा लिएका : नेपाल कम्युनिष्ट पार्टी (माले) जनसमाजवादी पार्टी नेपाल,
एकल चिन्ह सिपाही लिएका : राष्ट्रिय शिवसेना पार्टी र राष्ट्रिय नागरिक पार्टी को संयुक्त मतपरणाम हो ।

हेर्नुस् पछिल्लो मतपरिणाम, प्रतिनिधि सभा :

नेपाल कम्युनिष्ट पार्टी (एमाले): 3161295
नेपाली काँग्रेस: 3111643
एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 1295903
राष्ट्रिय जनता पार्टी नेपाल: 470486
संघीय समाजवादी फोरम, नेपाल: 469461
विवेकशील साझा पार्टी: 212293
राष्ट्रिय प्रजातन्त्र पार्टी: 196190
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक):88280
नयाँ शक्ति पार्टी, नेपाल: 81446
राष्ट्रिय जनमोर्चा: 62123
अन्य: 354498

प्रकाशित मिति: Dec 16, 2017

प्रतिक्रिया दिनुहोस्