Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२० हजार कर्मचारी परिचालन गरि शनिवारबाट मतदाता शिक्षा शुरु

काठमाडौं : निर्वाचन आयोगले  पहिलो चरणको निर्वाचन आउन १५ दिन बाँकी रहेको बेला आजबाट मतदाता शिक्षा शुरु गरेको छ । मतदाता शिक्षाका लागि करिब २० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरु जिल्ला सदरमुकामबाट गाउँगाउँमा परिचालित हुँदै भोट हाल्ने तरिका सिकाउन सक्रिय भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न र भोट हाल्ने तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम शुरु गरिएको हो । सर्वोच्च अदालतले प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र अलग अलग बनाउन निर्देशन दिएपछि मतदाता शिक्षा कार्यक्रम पनि ढिला शुरु भएको हो ।

पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउँदो मंसिर १० गते र दोस्रो चरणको निर्वाचन मंसिर २१ गते तोकिएको छ । यसअघि आयोगले एउटै मतपत्र छापेको थियो । सर्वोच्चको आदेशपछि आयोगले अलग अलग मतपत्र छापेर जिल्ला जिल्लामा पठाउँदा ढिला भएको हो ।

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्