Logo
६ चैत्र २०८०, मंगलबार
(October 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीले चलाएको गोली लागेर झापामा एक व्यक्तिको मृत्यु

अर्जुनधारा नगरपालिका – ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै झापाको बिर्तामोडमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका निवासी ३० वर्षीय नरेश थापा रहेका छन् ।  उनलाई दाहिने कोखामा गोली लागेको थियो ।

गोली लागेर घाइते उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केशीले जानकारी दिए । प्रहरीले चलाएको गोली लागेर अन्य ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा राजगढ ८ का सुनिल पाठक, मेचीनगर ९ का अशोक वस्नेत, दुर्गापुरका नवराज कोइराला, अर्जुनधारा ६ का पुण्यप्रसाद लुईटेल रहेका छन् । उनीहरुको बिर्तामोडस्थित वीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

त्यस्तै प्रहरीले चलाएको गोली लागेर इलाम माई नगरपालिकाका मणि नेपाली घाइते र बिर्तामोड ६ का देवानन्द राजवंशी घाइते भएका छन् ।

यता आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रमेशकुमार सुवेदी , इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानवहादुर विष्ट सहित ३२ जना प्रहरी घाइते भएका छन् ।

प्रकाशित मिति: Oct 27, 2017

प्रतिक्रिया दिनुहोस्