Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंक अफ काठमाण्डूमा सुरु भो जुँगाको लडाइँ !

काठमाडौं : केही समयअघि लुम्बिनी बैंकसँग मर्ज भएको बैंक अफ काठमाण्डूको नयाँ सीईओमा शोभनदेव पन्त नियुक्त भएका छन् । यसअघि उनी तत्कालीन लुम्बिनी बैंकको सीईओ थिए । पन्तलाई सीईओ बनाउन नहुने भन्दै बैंकका सञ्चालक सञ्जयबहादुर शाहले चर्को विरोध गरेपनि बोर्डले उक्त निर्णय गरेको हो । स्रोतका अनुसार, शाहले सिभिल बैंकका पूर्व सीईओ किशोर महर्जनलाई सीईओ बनाउनुपर्ने अडान लिएका थिए ।

लामो समयदेखि बैंक अफ काठमाण्डूको सञ्चालक समितिमा प्रभाव जमाउँदै आएका शाह लुम्पिनी बैंकसँग मर्ज गरे लगत्तै कमजोर बनेका हुन् । तत्कालीन लुम्बिनी बैंकका प्रकाश श्रेष्ठ बैंक अफ काठमाडूको अध्यक्ष भएपछि शाह रुष्ट देखिएका थिए । बैंकका तत्कालीन सीईओ अजय श्रेष्ठले मर्जपछि बैंकमा तत्कालीन लुम्बिनी बैंकका लगानीकर्ताको हालीमुहाली हुने देखेपछि २०७४ साउन १ गतेदेखि राजीनामा दिएका थिए । उता बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले पनि आफूसँगै काम गरेका शोभनदेव पन्तलाई नै सीईओ बनाउने चाहना राख्दै आएका थिए, खबर साँघुमा छ ।

अनुभव र क्षमताको दृष्टिकोष्णले समेत अजय श्रेष्ठभन्दा पन्त निकै अब्बल मानिन्छन् । यसैबीच बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को नयाँ व्यवस्था अनुसार विद्यमान सञ्चालक समितिबाट एक जना हट्नुपर्ने भएपछि तत्कालीन बैंक अफ काठमाण्डू र तत्कालीन लुम्बिनी बैंकका हर्ताकर्ताबीच जुँगाको लडाईँ सुरु भएको स्रोतले बताएको छ ।

प्रकाशित मिति: Aug 8, 2017

प्रतिक्रिया दिनुहोस्