Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रियो ओलम्पिकमा अहिलेसम्म कुन कुन देशले जिते पदक !

 

Olmpik News  (6)

रियो द जेनेरियो, एजेन्सी ।  ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ मा अहिलेसम्म १२ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।  २० राष्ट्रले पदक जितेकोमा आइतबार नेपाली समय अनुसार बिहान ९ बजेसम्म २ स्वर्ण र १ काँस्यसहित अष्ट्रेलिया पदक तालिकाको शीर्ष स्थानमा छ । यस्तै २ स्वर्ण जितेको हंगेरी दोस्रो र १ स्वर्ण ४ रजतसहित अमेरिका तेस्रो स्थानमा छ ।

१ स्वर्ण र एक रजत जितेको दक्षिण कोरिया चौथो, १ स्वर्ण र चार कास्य जितेको जापान पाँचौ स्थानमा छन् । अर्जेन्टिना, बेल्जियम, रुस, थाइल्याण्ड र भिएतनामले पनि आ-आफ्नो खातामा स्वर्ण पदक जितेका छन् । अहिलेसम्म दुई रजत र तीन कास्य गरी ५ पदक जितेको चीनले स्वर्ण भने जित्न सकेको छैन ।

रियो ओलम्पिक २०१६ को पहिलो स्वर्ण पदक अमेरिकाकी गिन्नी थ्रेशरले जितेकी हुन् । उनले महिला तर्फको १० मिटर एयर राइफलमा स्वर्ण जितेकी हुन् । यस्तै भिएतनामले इतिहासमै पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ । भिएतनामका विन्ह सुआन होआंगले पुरुष तर्फको १० मिटर एयर पेस्तोलमा स्वर्ण जितेका हुन् ।

प्रकाशित मिति: Aug 7, 2016

प्रतिक्रिया दिनुहोस्