Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘उपेन्द्र यादवको निर्वाचन क्षेत्रका जनतामा त्राहिमाम ! नेता ज्यूलाई फर्सद छैन’

Baddi News (3)

काठमाण्डौ । ‘तत्कालिन मधेशी जनअधिकार फोरम तथा हाल सघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र अर्थात सुनसरी निर्वाचन नं. ५ यतिबेला बाढिका कारण पुरै जलमग्न रहेका छन । तर यहाँका निर्वाचित संसद ज्यू चही आन्दोलनको नाममा सरकार गिराउने बनाउने खेलमा ब्यस्ता रहेका छन ।’  यो आरोप सुनसरी बसन्तपुर शिशुवा धर्मपुरका एक जना शिक्षक कालिचरण महेताको हो ।

सिगो गाऊ खोलामय बनेको अवस्थामा आक्रोसित हुदै मेहताले भने ‘भोट लिन र आन्दोलनमा सहभागी गराउन मात्र नेता ज्यूहरुलाई यता हेर्ने फुर्सद हुदा रहेछन, तर अहिले हामी के खाई रहेका छौ, कसरी बाचिरहेका छौ हाम्र सांसद यादव ज्यूलाई त मतलव छैन’ उनले भने ‘अन्य नेताको त के कुरा गर्नु आफनै संसद ज्यूलाई मतलव छैन ।’

आफूले पटक–पटक मोवाइलमा सम्पर्क गरी ‘सरकारी स्तरबाट यता राहातको सामग्री लगायत आवश्यक सहायता गरादिनु परियो’ भनी पटक–पटक भन्दा पनि आफनै संमसद यादवले खासै चासो नदिएको गुनासो मेहताले पोखे । उनका अनुसार सुनसरीको दक्षिणवर्ती गाविसहरु क्रमस बसन्तपुर, भूटाहा, नरसिंह, हरिपुर, श्रीपुर, पश्चिम कुशाहा, लौकही, धुस्की लगायतका जिल्लाहरु पुणरुपमा जलमग्न रहेका छन । यी सबै गाविसहरु यादवको निर्वाचन क्षेत्र अन्तरगतका गाविसहरु हुन ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका अनुसार सुनसरीको दक्षिणवर्ती गाविसहरु मध्ये अधिंकास सदरमुकाम जोडने डाविसहरुका मुल सडकहरु पनि बाढीले बगाएका छन । सुनसरी रामनगर भुटाहाका कौशल किसोर कर्णले बाढिले जनता यतिबेला पिडित बनेता पनि यसक्षेत्रका नेताहरु भने मनमनै गद्द–गद्द भइरहेको बताए । उनले भने ‘हाम्रै घर अगाडी रहेको पुल प्रत्येक वर्ष बनाइन्छ तर प्रत्येक वर्ष बाढीले बगाइन्छ पनि कारण हो गुणस्तरिय कार्य नहुनु र पुलको नाममा बर्सेनी बजेट मात्र कुम्लाउनु ।’

लगातारका वर्षाका कारण सुनसरी खोलामा आएको बाढीले सुनसरीको अधिकांस दक्षिणवर्ती गाविसहरु जलमग्न भएको र घर–घरमा बाढीको पानी पसेको स्थानिहरु बताउछन ।

Badhi News Bhutaha

यता, लामोसमयदेखि काठमाण्डौमा बसोवास रहेका सुनसरी सोही क्षेत्रका स्थायी निवासी चर्चित पत्रकार वीरेन्द्र केएमले फेसबुकमा बाढीको फोटो सहित पोष्ट गरी कटाक्ष गरेका छन । केएमले लेखेका छन ‘जन्मेदेखि नै गाउँमा बाढी नै बाढी देखेको-भोगेको छु, ३-४ किलोमीटरसम्म पानी नै पानी, घार-आगनमा समेत पानी भएको अवस्थामा टाउकोमा किताब-कपि राखी द्द(घ किलोमीटरसम्म पनिमै हिडेर बिधालय जानूपर्ने अवस्था पनि गुजारेको छु, १-२ हप्तासम्म भात नखाइ मात्र सुख्खा खाना (चिउरा-भुजा) खाएर बाध्यत्मक अवस्थाहरुपनि काटेको छु ! अब त धेरै कुराको विकास पनि भएको छ, गाउँमै ग्यास चुल्हा, इन्डेक्सन चुल्हा पनि पाइन थालिएका छ्न, त्यसैले म र मजस्ता सुनसरीका त्यो जलमग्न ग्रामीण क्षेत्रवलाहरुका लागि बाढीको खबर कुनै नौलो कुरा होइन बरु बर्सेनि रुपमा हुने यो समस्यालाई समाधान कसरी गर्ने त्यो खबर हाम्रालागि महत्वपूर्ण कुरा हो !! त्यसैले हिम्मत नहारौ, बुद्धिलगाएर बाढीको सामना गरौ, जय सुनसरी दक्षिणीक्षेत्रवासी !!!’

उनले अर्को फेसबुक पोष्टमा भनेका छन ‘मेरो प्यारो जन्मस्थान गाउँ-क्षेत्र (सुनसरीको पश्चिमी-दक्षिणी) मा आएको बाढीले अत्यन्त चिन्ता बढाएकै अवस्थामा ‘ब्यारेजबाला हावदारी खबरू’ ले तनावपनि त्यतिकै दिएको छ !!

Baddi News (1)त्यस्तै, काठमाण्डौ स्थित बसोवास गर्ने तर सुनसरी सोही क्षेत्रका अर्को बासिन्दा पत्रकार उमेशराज मेहताले पनि फेसबुकमा उपेन्द्र यादव प्रति आक्रोस पोखेका छन ।

मेहताले फेसबुकमा भनेका छन ‘सुनसरी क्षेत्र नम्बर ५ बाट निर्वाचित संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको क्षेत्रमा बाढी पसेको ४ दिन वितिसकियो अझै सम्म पिडितले कुनै सहयोग पाउन सकेको छैन, यदव भने सरकारमा सहभागी हुन लिखित प्रतिबद्धता माग्दै छन् ।’

उनले अर्को पोष्टमा लेखेका छन  ‘डुबान तथा बाढीको पीडामा रहेको सुनसरी र सप्तरीवासीलाई कोशीको ब्यारेज पुल आई.एस.आतंकवादीले ध्वस्त पार्ने चेतावनीको खबरले थप त्रास थपिएको छ ।’

सोही क्षेत्रका स्यानिय बासिन्दा  अलिमुदिन आलमले फेसबुक पोष्टमा भनेका छन ‘भुटाहा को पुल निर्माण हुदैछ र यसको पैजाबा हेर्नु, यो पुल आज देखि होइन जुन जुुन बेला वर्षाको , महिना आउँछ त्यो बेला यस्तै पुल को निर्माण हुन्छ र कुनै नेता ले चासो राख्दैन कि यो समस्या कति दिन भोग्नु पर्छ । म भन्न चाहन्छु कि हामी सबै युवा मिलेर यश समस्या को समाधान कसरी हुन्छ, त्यो तर्फ हामी सबै मिलेर अगाडि बढनु पर्छ ।आ–आफ्नो तर्क दिनुहोला।’

Baddi News (2)

प्रकाशित मिति: Jul 26, 2016

प्रतिक्रिया दिनुहोस्