शिक्षाको लागि खाद्य कार्यक्रम परियोजनाको सुचना
“सरोकारवालाहरुमा आह्वान”
सन् १९९६ जनवरी १ देखि शिक्षा मन्त्रालय (तत्कालिन शिक्षा संस्कृति तथा समाज कल्याण मन्त्रालय) मार्फत खाद्यान्न अभावग्रस्त भएका जिल्लाहरूका शिक्षामा पहुँच कम भएका स्थानिय तहहरूमा सञ्चालित पूर्व प्रा. वि. र प्राथमिक विद्यालयहरूमा दिवा खाजा कार्यक्रम सञ्चालन भएकोमा हाल यो कार्यक्रम खाद्यान्न अभाव र शिक्षाको पहुच अति न्यून देखिएका जिल्लाहरूका वालवालिकाहरूलाई आधारभूत शिक्षाको पहुचमा अभिबृद्धि गर्ने तथा विद्यार्थीहरूको पोषण र स्वास्थ्य स्थितिमा सुधार गर्ने भन्ने दिर्घकालीन उद्वेश्य लिई दुर्गम क्षेत्रका ४ जिल्लाहरूका छनोटमा परेका ४० स्थानिय तहहरूमा सञ्चालित १५०६ ओटा आधारभुत विद्यालयहरू अध्ययनरत १५६७३३ वालवालिकाहरूका लागि भिटामिनहरु मिश्रित चामल २२५७ मे.टन, दाल ५६४ मे.टन, तेल २८२ मे.टन र नुन ५६ मे.टन. समेत गरी जम्मा ३१५९ मे.टन. खाद्य वस्तु प्रति दिन प्रति विद्यार्थी ११२ ग्रामको पोषण युक्त दिवा खाजा (जाउलो/खिचडी/दालभात) विद्यालयमा नै तयार गरी खुवाउने व्यवस्था गरी हाल सन् २०१९ देखी २०२३ सम्मका लागि नेपाल सरकार र WFP सँग सम्झौता भई कार्यक्रम सञ्चालन भईरहेको छ । हाल यो कार्यक्रम सुदुर पश्चिम प्रदेशमा अछाम, बाजुरा, बझाङ्ग तथा दार्चुला गरि ४ जिल्लाका ४० स्थानिय निकायवाट खाद्यान्न वितरण एवं कार्यक्रम संचालन भइरहेको छ ।
अतः भौगोलिक बिकटता, खाद्यान्न अभाब, शिक्षाको पहुँचमा अति न्यून देखिएका जिल्लाहरुका सामुदायका बालबालिकाहरुलाई आधारभुत शिक्षाको पहुँच अभिवृिद्घ गर्ने तथा विद्यार्थीहरुको पोषण र स्वास्थ्य स्थितिमा सुधार ल्याउने उदेश्यका लागि भईरहेको यस दिवा खाजा कार्यक्रमको प्रभाबकारी कार्यान्वयनकोे लागि सरोकारवाला सबैको सहयोगको अपेक्षा राख्दछौं ।
नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय
शिक्षाको लागि खाद्य कार्यक्रम परियोजना
सानोठिमी, भक्तपुर
थप जानकारीका लागि क्लिक गर्नुहोस् :