रहेनन् पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंह, ८७ वर्षको उमेरमा निधन
सप्तरी : पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज (शुक्रबार) बिहान निधन भएको छ । सिहँको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो ।
विसं १९८९ असोजमा जन्मिएका सिंह सप्तरीको राजविराज नगरपालिकामा बस्दै आएका थिए ।
८७ वर्षीय सिंह उच्च रक्तचापको बिरामी रहेको छोरा सुमनप्रसाद सिंहले जानकारी दिए ।
विसं २०१९ देखि २०४६ सम्म पटक-पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्हालेका थिए ।
मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहेका थिए ।
स्वर्गीय सिंहका २ छोरा र छोरी छन् । उनको जेठो डा रमणप्रसाद सिंह चिकित्सक र कान्छो छोरा सुमनप्रसाद प्राध्यापक हुन् । स्वर्गीय सिंहको आजै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन् ।