Logo
१८ बैशाख २०८१, मंगलबार
(July 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलेखानी बाँधको ढोका खोलिने निर्णय रद्द, भारतबाट आपूर्ति भइरहेको विद्युतमा कटौती

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा कम गर्न खोल्ने भनेर गरिएको निर्णय रद्द गरिएको छ ।

ढोका खोल्नुको सट्टा सबै टर्वाइन घुमाएर विद्युत् निकालिने भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

उनका अनुसार तीन/चार दिनसम्मका लागि भारतबाट आपूर्ति भइरहेको विद्युत कटौती गरेर कुलेखानीको सबै टर्वाइन घुमाएर विद्युत निकालिनेछ ।

प्रकाशित मिति: Jul 15, 2019

प्रतिक्रिया दिनुहोस्