Logo
२९ श्रावण २०८२, बुधबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज काठमाडौँ उपत्यकामा भोटो जात्रा मनाइँदै

काठमाडौँ :  वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो आज देखाइदै छ। एक महिना अगाडिबाट सुरु भएको जात्रा ललितपुरको विभिन्न ठाउँ हुँदै जावलाखेलमा आएर सकिन्छ। आज देशका राष्ट्रप्रमुखले भोटो देखाउने चलन छ।

मछिन्द्रनाथको जात्राका लागि बुङ्गमतीबाट देवतालाई पाटन ल्याइन्छ । यहाँ ल्याएपछि रथ निर्माण, रथारोहण र रथ यात्रा हुँदै आएको छ । रथ यात्राको बाटो उही छ । तिथिका आधारमा रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ ।

गुठी संस्थान ललितपुरका अनुसार भोटो देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ । यसैगरी, समारोहमा विभिन्न विशिष्ट व्यक्तिहरको उपस्थिती हुने संस्थानले जनाएको छ ।

आइतबार साँझ पाँच बजे जावलाखेलमा रातो मच्छेन्द्रनाथको भोटो देखाइनेछ । गुठी संस्थानका प्रमुख शैलेन्द्र पौडेलले राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउनेछन्। आइतबार बिहान बुंगमतीबाट मच्छेन्द्रनाथको भोटो ल्याइनेछ। भोटो देखाइसकेपछि पनि पुनः बुंगमतीमै पुर्‍याइनेछ।

हरेक वर्ष भोटो देखाउने दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने गरेको छ।

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्