Logo
१८ बैशाख २०८१, मंगलबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कतार विश्वकपमा ३२ राष्ट्रले सहभागिता जनाउने

कतार :  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा ४८ राष्ट्र सहभागी गराउने योजना पछाडि सारेको छ ।

४८ राष्ट्र सहभागी गराउने योजना सारिएपनि कतार विश्वकपमा ३२ राष्ट्र नै सहभागी हुने भएका छन् । फिफाले विज्ञप्ति जारी गर्दै तत्कालका लागि ४८ राष्ट्र सहभागी गराउने निर्णय सारिएको बताएको छ । अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिलको बैठकले कतार विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको थियो ।

तर फिफा अध्यक्ष जियानी इन्फोटिनोले तत्काल यो रोकिएको बताएका छन् । २२ औं संस्करणको विश्वकपका लागि कतारले तयारी तीव्र गतिमा बढाएको छ । कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्