Logo
१८ बैशाख २०८१, मंगलबार
(May 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिडिया काउन्सिल विधेयक : ठोस धारणा तय गर्न काँग्रेसले बोलायो संसदीय दलको बैठक

फाइल तस्विर

काठमाण्डौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयक र राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।

काँग्रेसले यी विधेयकहरु संविधानविपरीत प्रस्ताव गरिएको बताउँदै आएको छ । बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु हुन लागेको काँग्रेस सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले समसामयीक राजनीति र विभिन्न विधेयकहरुबारे काँग्रेसको ठोस धारणा तय गर्न बैठक बोलाइएको जानकारी दिए ।

सिंहदरवारस्थित काँग्रेस संसदीय दल कार्यालयमा बस्ने बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटबारे पनि छलफल हुनेछ । सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा बहुमतले पारित भइसकेको । त्यस्तै बजेट पूर्वको छलफल पनि मंगलबार सकिएको छ

प्रकाशित मिति: May 15, 2019

प्रतिक्रिया दिनुहोस्