Logo
१८ बैशाख २०८१, मंगलबार
(May 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्माणाधीन एक भवनको छाना खस्दा ३ जनाको मृत्यु

एजेन्सी : राजस्थान राज्यको जोधपुर जिल्लाको प्रिथभिपुरा क्षेत्रमा निर्माणाधीन एक भवनको छाना खस्दा सोमबार कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै एकजना घाइते भएका छन् । स्थानीय समयाअनुसार सोमबार राति ११ बजे उक्त घरको छाना खसेको थियो । सो घरभित्र चार व्यक्ति बसिरहेका थिए ।

उनीहरुलाई खसेको छानाले थिचेको थियो । सो घटनामा घाइते भएका व्यक्तिहरुलाई तत्काल अस्पताल लगिएको प्रहरीले बताएको छ । घाइतेमध्ये तीन जनाको तत्काल मृत्यु भएको र एकको अस्पतालमा उपचार भइरहेको जोधपुर जिल्ला प्रमुख प्रकाश राजपुरोहितले एएनआइलाई बताएका छन् ।

यस घटनाको अनुसन्धान जारी रहेको राजपुरोहितले बताउनुभएको पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति: May 14, 2019

प्रतिक्रिया दिनुहोस्