Logo
२७ असार २०८२, शुक्रबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलोचना खेप्दै आएको फेसबुकले आफ्नो पाँचौ जेनेरेसन ल्याउने

व्यक्तिगत गोपनियता लिक गरेको भनेर आलोचना भइरहेको फेसबुकले आफ्नो एपमा परिवर्तन ल्याउने घोषणा गरेको छ । फेसबुकका अनुसार अब उसको एप तथा पूरै फेसबुक निकै सुरक्षित हुनेछ ।

फेसबुकका संस्थापक तथा मुख्य कार्यकारी मार्क जुकरबर्गले यो वर्ष नै फेसबुकले आफ्नो पाँचौ जेनेरेसन रिलिज गर्ने र फेसबुक थप सुरक्षित हुने बताएका छन् ।

यतिमात्र होइन, जुकरबर्गले अब मेसेन्जर तथा ह्वाट्सयप प्रयोग गर्नेहरुको च्याट केवल च्याट गरिरहेकाहरुलाई मात्र रहने पनि बताएका छन् । अब यसरी गरिएको च्याट सरकार, ह्याकर वा फेसबुक कसैले पनि देख्न नमिल्ने उनले बताएका छन् ।

विश्वमा गोपनियताको विषयमा यो नै ऐतिहासिक कदम हुने मार्क जुकरबर्गले बताएका छन् ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्