Logo
१६ बैशाख २०८१, आईतबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिप दुर्घटनामा अन्नपूर्ण पोष्ट पत्रकार भट्टसहित ३ जना घाइते

काठमाडौँ  : कञ्चनपुरमा जिप दुर्घटना हुँदा पत्रकार शिवराज भट्टसहित तीन जना घाइते भएका छन्। धनगढीबाट विवाहमा सहभागी हुन कञ्चनपुरको बैलौरी जाँदै गरेको युपी ३१ पि ७९७५ नम्बरको जिप अगाडीको चक्का पन्चर भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा अन्नपूर्ण पोष्ट र एपिवान टेलिभिजनका सुदूरपश्चिम ब्यूरो प्रमुख शिवराज भट्ट र उनकी श्रीमती दुर्गासहित ३ जना घाइते भएका हुन् ।

जिपमा भट्टका छोरा, छोरीसहित ९ जना सवार भएपनि उनीहरु सकुशल छन् । घाइतेको पुनर्वास पोलिक्लिनिकमा प्राथमिक उपचारपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्