Logo
१८ बैशाख २०८१, मंगलबार
(September 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेटिङ्गमा भारतीयले पाए नागरिकता, उजुरी पर्दापनि प्रशासन तैचुपमैचु !

bara-cdo

मनोज शाह, बारा । जिल्ला प्रसाशन कार्यालय बाराबाट खटिएको नागरीकता टोलीमा भारतीय नागरीकले नेपाली नागरीकता प्रमाणपत्र लिएका छन् । भारतीय नागरीकले २०६३ साल फागुन २ गते गाविस दक्षिण झिटकैयामा आएको नागरीकता टोलीमा किर्ते प्रमाण पेश गरी नेपाली नागरीकता लिएका सोहि गाविस वडा नम्बर ५ का रामएकवाल यादवले जानकारी दिए ।

गाविस दक्षिण झिटकैयामा आएका नागरीकता टोलीमा भारतको बिहार राज्यको पूर्वी चम्पार्णका मोतिहारीका चिरैया निवासी भारतीय व्यक्ति प्रमा राय भन्ने प्रमा यादवले किर्ते प्रमाण पेश गरी नेपाली नागरीकता लिएका बताए । जिल्ला प्रसाशन कार्यालय बारामा रामएकवाल यादवले पटक–पटक गरी पाँच पटक प्रमाण सहित नागरीकता खारेजीको निवेदन दर्ता गराए पनि प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गाना भने मौन बसेका निवेदक यादवले गुनासो गरे ।

भारतीय व्यक्तिले नेपाली नागरीकता लिएका नागरीकता प्रमाण पत्र नम्बर ३३३०५८ /१०४ रहेका छन् । उनले किर्ते प्रमाण पेश गरी जन्म सिद्ध नागरीकता बनाएका छन् । र उनको नेपाली नागरीकतामा जन्म मिति २०३३ बैशाख १५ रहेका छन् । भारतीय नागरीकले नेपाली नागरीकता लिए पनि उनले भारतमा सन् २०११ मा भएको मुखियाको चुनावमा मत खसालीएका छन् । उनको मतदाता नमावलीको नम्बर २०२७२४० रहेका जानकारी दिए ।

त्यसैगरी उनले सन् २०१४ मा भारतीय लोक सभाको चुनावमा मत खसाईलिएका छन् । र उनको मतदाता नमावलीको नम्बर ३१९ रहेका छन् । साथै सन् २०१५ मा भएका बिहारमा विधान सभाको चुवानमा समेत मत खसालीएका छन् र उनको मतदाता नमावलीको नम्बर ३०० रहेका छन् । साथै भारतीय सम्पूर्ण कागजातमा उनको जन्म मिति २०२८ गरेका छन् । साथै निवेदव यादवका अनुसार आफूले जिल्ला प्रसाशन कार्यालय बारामा भारतीय नागरीक भएका सम्पूर्ण प्रमाण सहित मिति २०७२ साल बैशाख ३ गते नागरीकता खारेजीका लागि निवेदन दर्ता गराएका सुनाए । दर्ता नम्बर ३४२६ रहेका छन् ।

त्यसपछी क्रमश मिति २०७२ साल बैशाख ३१ गतेका दिनका दर्ता नम्बर ३५२५ , २०७२ साल अषाढ १८ गतेका दिनका दर्ता नम्बर ४३५१ , २०७२ साल अषाढ ३० गतेका दिनका दर्ता नम्बर ४४६३ तथा २०७२ साल मंसिर २९ गतेका दिनका दर्ता नम्बर ६००९९ रहेका समेत बताए ।आफूले उनी भारतीय नागरीक रहेका सम्पूर्ण प्रमाण सहित विगत एक वर्ष देखि नागरीकता खारेजीको लागि निवेदन दर्ता गराए पनि बाराका प्रमुख जिल्ला अधिकारी ढुङ्गाना भने मौन बसेका उजुरी कर्ता यादवले जानकारी दिए ।

निवेदक यादवका अनुसार जिल्ला प्रसाशनले अटेरी गर्दा आफूले केहि दिनमै पुनरावेदन अदालत तथा अख्तियारमा जाने समते सुनाए । यस बारेमा प्रमुख जिल्ला अधिकारी ढुङ्गानासँग बुझदा कार्यालयमा निवेदन दर्ता भएको स्वीकार गरे । साथै आफूहरु उक्त व्यक्तिलाई पटक–पटक पक्राउ गर्न खोज्दा फरार रहेका समेत जानकारी दिए । जिल्ला प्रसाशन कार्यालय बाराले कार्वाहीका लागि लागि परेका प्रतिक्रिया दिए ।

प्रकाशित मिति: Sep 7, 2016

प्रतिक्रिया दिनुहोस्