Logo
१८ बैशाख २०८१, मंगलबार
(April 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीतगढीमा प्रधानमन्त्रीलाई कालोझण्डा, सुरक्षाकर्मीहरु समेत परे अलमल

बुटवल : ऐतिहासिक जीतगढीको उत्सवपूर्ण माहौलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा एक यूवकले कालो झण्डा देखाएका छन् ।

वि.सं. १८७२ मा भएको युद्धमा अंग्रेज फौजमाथि विजय प्राप्त गरेको ऐतिहासिक ठाउँमा विजयोत्सव समारोह मनाउन प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायत पुगेका सो कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला एक यूवकले कालोझण्डा देखाएका हुन् ।

हालसम्म उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको जितगढीमा गत वर्षदेखि बुटवल उपमहानगरले जितगढी विजय उत्सव दिवस मनाउन थालेको थियो । यस पटक प्रधानमन्त्री ओली आफैं उपस्थित भएकाले सहभागीहरु उत्साहित थिए ।

तर, जब प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका थिए, एक युवक कालाझण्डा देखाउन आइपुगे ।

मञ्चको अगाडि पत्रकारहरु भएको ठाउँ नजिकै आएर रातो सर्ट लगाएका युवकले कालो झण्डा देखाए । उनले ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्दै कालोझण्डा देखाएपछि सुरक्षाकर्मीहरु समेत अलमल परेका थिए ।

उनी अर्घाखाँचीका रुद्रप्रसाद घिमिरेले भएको खुलेको छ ।

प्रकाशित मिति: Apr 20, 2019

प्रतिक्रिया दिनुहोस्