Logo
२६ जेष्ठ २०८२, आईतबार
(April 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थपलियाविरुद्ध ६ उजुरी, समायोजनका नाममा कर्मचारीलाई पीडा दिएको खुलासा

काठमाडौँ : प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाविरुद्ध उजुरी हाल्ने ६ मध्ये ४ जना कर्मचारी नै रहेको पाइएको छ ।

उनीहरुले उजुरीमा कर्मचारी समायोजन गर्दा भेदभावपूर्ण ढंगले गरेको भन्दै असन्तुष्टि जनाएको संसदीय सुनुवाई समितिका एक सदस्यले बताए ।ती सदस्यका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव हुँदा थपलियाले कर्मचारी समायोजनका नाममा धेरै कर्मचारीलाई पीडा दिएको उल्लेख छ । ‘दिनेश थपलिया कर्मचारी पीडक हुन् । हामीजस्ता कर्मचारीलाई उनले धेरै दुःख दिएका छन्’ उजुरीमा भनिएको छ ।

त्यस्तै अर्का उजुरीकर्ताले मन्त्रालयको सचिव हुँदा थपलिया भ्रष्टाचारमा समेत मुछिएकाले उनी संबैधानिक निकायको प्रमुख हुन नसुहाउने आफ्नो उजुरीमा खुलाएका छन् । यसैबीच संसदीय सुनुवाई समितिको मङ्गलबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको सुनुवाई बुधबार गर्ने भएको छ ।

बैठकले संवैधानिक परिषदद्धारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध परेका ६ वटा उजुरी खुला गर्दै बुधबार (भोलि) ४ गते दिउँसो २ बजे सुनुवाई गर्ने निर्णय गरेको हो । त्यस अघि बिहान ११ बजे भने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रकाशित मिति: Apr 16, 2019

प्रतिक्रिया दिनुहोस्