Logo
३१ असार २०८२, मंगलबार
(April 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इक्वेडर दूतावासले असान्जविरुद्ध दिएको जवाफ झुट प्रमाणित

जुलियन असान्जलाई इक्वेडर दूतावासबाट बलजफ्ती निकालेर पक्राउ गरियो । धेरैले यसलाई आश्चर्यको रूपमा लिएनन् । किनकि यस कुराको सङ्केत केही अघिदेखि नै देखिँदै थियो । एक, दुई हप्ताअघि नै विकिलिक्सले असान्जको पक्राउको सङ्केत गरिसकेको थियो । विकिलिक्सको आशङ्कालाई निवारण गर्न इक्वेडर दूतावासले जुन जवाफ दिएको थियो, त्यो झुट रहेछ भनेर हाल प्रमाणित भइसकेको छ ।

मिडियाको वेबास्तामा परेको हालसालैको चेल्सी म्यानिङको पुनः पक्राउ पनि खेलकै अंश हो । उनलाई बन्दी बनाएर विकिलिक्ससँगको सम्बन्ध बकाउने र त्यसलाई अमेरिकामा तयार गरिँदै गरेको असान्जको मुद्दामा प्रयोग गर्ने खेल चलिरहेको छ । त्यस्तै असान्जविरुद्धको कारबाहीको सङ्केत लामो समयदेखि योजनाबद्ध रूपमा चलिरहेको उनको चरित्रहत्या अभियानबाट पनि देखिएको थियो । पहिले असान्जको दुर्गन्ध र फोहोर कपडाको कारण दूतावास उनीबाट मुक्त चाहन्छ भन्ने हदसम्मको तुच्छ प्रचार गरियो ।

असान्जमाथिको पहिलो चरणको आक्रमणमा, उनका पूर्वमित्र र सहकर्मीहरु सार्वजनिक रूपमा अघि आएर विकिलिक्स सुरुमा राम्रै रहेको तर पछि असान्जको राजनीतिक पूर्वाग्रहको कारणले पथभ्रष्ट भएको आरोप लगाए । तिनका अनुसार असान्जको राजनीतिक पूर्वाग्रहमा हिलारी क्लिन्टन–विरोधी विचार र रुससँगको सम्भावित सम्बन्धहरु प्रमुख थिए ।

त्यसपछि असान्जमाथि सिधै व्यक्तिगत प्रहार हुन थाल्यो । उनी मानसिक रूपमा दिग्भ्रमित छन्, घमण्डी छन्, शक्ति र नियन्त्रणको भोको छन् जस्ता आरोप लाग्न थाले । पहिले असान्ज मानसिक रूपमा दिग्भ्रमित छन् भन्ने आरोपलाई हरौँ । जब तपाईं एक यस्तो ‘अपार्टमेन्ट’मा बस्नुहुन्छ जुन तलदेखि माथिसम्म ‘बग्ड (जासरी उपकरण जडित)’ छ र तीमार्फत एक जासुसी एजेन्सी तपाईंमाथि नित्य निगरानी गरिरहेको हुन्छ । ती कुरा तपार्इंलाई थाहा हुन्छ र लामो समयदेखि तपाईं त्यो भोगिरहनुभएको छ भने तपाईं मानसिक रूपमा ठीक रहन सक्नु हुन्छ ?

अनि अर्को आरोप ठूलो पल्टिने मानसिकतालाई हेरौँ । जब सीआईएका(हाल पूर्व) प्रमुखले तपार्इंको गिरफ्तारी उनको प्राथमिकता हो भनेर भन्छन् तब यसले कम्तीमा पनि तपाईं कसैको लागि ठूलो चुनौती हो भन्ने देखाउन्न रु त्यसरी त्यति ठूलो संस्थालाई चुनौती दिने व्यक्तिलाई यो आरोप सामान्य हो ।विकिलिक्समाथि जासुसी सङ्गठन जस्तो व्यवहार देखाएको भन्ने आरोप पनि छ । तर विकिलिक्स यदि जासुसी सङ्गठन हुन्थ्यो भने पनि यो जनतालाई सेवा दिने, तिनलाई पर्दा पछाडिका कुराहरुबारे सुसूचित गराउने संस्था हो ।

यसैले यी तपशीलका कुरा हुन् । हामीले मुख्य प्रश्नमा ध्यान दिनु आवश्यक छ । जस्तो असान्जलाई अहिले किन पक्राउ गरियो ? मेरो विचारमा एक नामले यी सबै कुरालाई प्रष्ट्याउँछ । त्यो नाम हो क्याम्ब्रिज एनालिटिका । यो नामले असान्जले जेविरुद्ध लडेका थिए, त्यसको प्रतिनिधित्व गर्छ । यो नामले ठूला निजी कोर्पोरेसन र सरकारी निकायबीचको सम्बन्धलाई व्याख्या गर्छ ।

पछिल्लो दुई वर्ष अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपको विषय कति ठूलो चर्चाको विषय बनेको थियो, सम्झनुहुन्छ रु अहिले हामीलाई के थाहा भएको छ भने मतदाताहरुलाई ट्रम्पको पक्षमा मत हाल्न हस्तक्षेप गर्ने रुसी ह्याकर (असान्ज समेत) थिएनन् । बरु ती त राजनीतिक शक्तिसँगको सहकार्यमा तथ्याङ्कको मूल्याङ्कन गर्ने एजेन्सीहरु थिए ।

यसको अर्थ रुस र उसका मित्रहरु पूरै निर्दोष थिए भन्न खोजेको होइन । सम्भवतः उनीहरु जसरी अमेरिकाले अन्य देशका निर्वाचन परिणाम प्रभावित गर्न खोज्छ, त्यति त अमेरिकाको निर्वाचनलाई प्रभाव पार्न खोजे होलान् । तर मुख्य कुरा पछिल्ला निष्कर्षहरुले हाम्रो (अमेरिकाको) लोकतन्त्रलाई भ्रष्ट पार्न खोज्ने ‘ठूलो’ ब्वाँसो क्रेमलिन ९रुसको राष्ट्रपति कार्यालय०मा नभएर हामीभित्रै रहेछ भन्ने देखाएको छ । यही कुरा असान्जले सुरुदेखि भन्दै आएका थिए ।

तर त्यो ‘ठूलो दानवी’ ब्वाँसो चाहिँ कहाँ ? यो नियन्त्रण र छलको व्यापक स्तर बुझ्नका लागि हामीहरुले निजी कर्पोरेसनहरु र राजनीतिक पार्टीहरुका सम्बन्धभन्दा पर गएर हेर्नुपर्छ । त्यो भनेको गुगल र फेसबुक जस्ता कम्पनी र सरकारी सुरक्षा एजेन्सीहरु हुन् । धेरैले राज्य निगरानी विकराल स्तर चीनमा मात्र छ भन्ने ठान्छन् । तर हामीले उस्तै खालेको निगरानी र नियमन स्वीकारेका छौँ । अझ चीनका जनता आफूहरु नियन्त्रित छौँ भन्ने पूर्ण सचेत छन् तर पश्चिममा भने पूर्ण स्वतन्त्रताको भ्रम छ र पूर्ण स्वतन्त्रता प्राप्तिमा मिडियाले सहयोग गरिरहेको छ भन्ने महाभ्रम छ ।

यी सबै जोड्दा बन्ने तस्बिरमा ‘बायोजेनेटिक्स (कम्युटर चिप्पलाई दिमागसँग सम्पर्क गर्ने प्रविधि)’ मा भएको पछिल्लो विकासलाई जोडेर हर्ने हो भने समाजिक नियन्त्रणको नयाँ स्वरूपको एउटा डरलाग्दो चित्र देखिन्छ । यसले त २०औं शताब्दीका ‘सर्वसत्तावाद’ अभ्यासलाई समेत फिका देखाउँछ । नयाँ मनोवैज्ञानिक–सैन्य गठजोडलाई शासकहरुले ठूलो उपलब्धिका रूपमा लिइरहेका छन् । यसले गर्दा अब जनतालाई प्रत्यक्ष र तिनले अनुभव गर्ने दमन गर्नुपर्ने आवश्यकताको अन्त्य भएको छ ।

अब नयाँ प्रविधिमार्फत शासकहरु मनिसहरुलाई जीवनमा स्वनिर्णय गर्ने अवस्थामा छु र पूर्ण स्वतन्त्र छु भन्ने आभास गराएरै चाहेको काम गराउन सक्ने भएका छन् । यही नै विकिलिक्सको प्रमुख पाठ हो । हाम्रो ‘अ-स्वतन्त्रता’ सबैभन्दा खतरनाक तब हुुन्छ जब हामी त्यसलाई हाम्रो स्वतन्त्रताको साधनको रूपमा लिइरहेका हुन्छौँ ।

प्रत्येक व्यक्तिलाई सञ्चारको नित्य प्रवाहमा आफ्ना मन्तव्य लोकप्रिय बनाउने अवसर हुनु र आफूले चाहेको डिजिटल समुदाय निर्माण गर्नुभन्दा निर्वाध कुरा के होला ? हाम्रो समाजमा अनुमति लिनुपर्ने र स्वतन्त्र चयनलाई सबैभन्दा उच्च मूल्यमा बनाइएको छ । यसपछि सामाजिक नियन्त्रण र शासनलाई व्यक्तिको स्वतन्त्रतामाथिको खतराका रूपमा हेर्न छाडिएको छ । इन्टरनेटमा स्वतन्त्र विचरण गर्नुभन्दा स्वतन्त्र कार्य के हुन सक्छ ? ‘लोकतन्त्रको जलप लगाएको फासीवाद’ आजकल यसरी सञ्चालन भइरहेको छ ।

यसैले डिजिटल सञ्जालहरुलाई निजी पुँजी र राज्य शक्तिको नियन्त्रणबाट बाहिरै राख्नु एकदम अत्यावश्यक छ । यसलाई सार्वजनिक बहसमा खुला छाडिनुपर्छ । असान्जद्वारा लेखिएको र अचम्मलाग्दो गरी वेबास्तामा परेको पुस्तक ‘वेन गुगल मेट विकिलिक्स (जब गुगले विकिलिक्स भेट्यो)’ मा यस सम्बन्धमा राम्रो तर्कहरु छन् । आज हाम्रा जीवन कसरी नियमन भइरहेको छ, कसरी यी नियमनहरुलाई हाम्रो स्वतन्त्रताका रूपमा व्याख्या गरिँदैछ । यसलाई स्थापित गर्न हाम्रो सामूहिक स्रोतलाई नियन्त्रण गर्ने निजी कर्पोरेसन र गुप्चतर सरकारी एजेन्सीबीचको गोप्य सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण योगदान छ ।

यति ख्याल गरेपछि असान्जलाई किन मौन पारिन खोजिँदैछ भन्ने जानकारी हुन्छ । ‘क्याम्ब्रिज एनालिटिका काण्ड’ सार्वजनिक भएपछि शक्तिमा रहेका सबैको प्रयास त्यसलाई केही निजी कर्पोरेसन र राजनीतिक पार्टीहरुको सामान्य ‘दुरूप्रयोग’को रूपमा न्यूनीकरण गर्नेमा रह्यो । त्यसो हो भने राज्य र अर्ध-अदृश्य संयन्त्र मानिने तथाकथित ‘डिप स्टेट’ कता गयो त ?

असान्जले आफूलाई जनताको र जनताका लागि काम गर्ने जासुसका रूपमा प्रस्तुत गर्ने गरेका छन् । यसको अर्थ उनी शक्तिमा रहेकाहरुका लागि जनताको जासुसी गरिरहेका छैनन् बरु त्यसको उल्टो जनताका लागि शक्तिमा रहेकाहरुको गुप्चतरी गरिरहेका छन् ।

यसैले अफ्ठ्यारोमा पर्दा उनको सहायताका लागि पनि हामी जनता अघि आउनुपर्छ । हाम्रो दबाब र परिचालनले मात्र उनको कठिन अवस्थामा सघाउ पुग्नेछ । सोभियत सङ्घको गुप्चतर इतिहास पढ्नेहरुले थाहा पाएको कुरा हो कि उसले आफ्ना देशविरुद्ध लाग्नेहरुलाई दशकौँ पछ्याएर भए पनि सजाय दिने गथ्र्यो । तर फेरि तिनै व्यक्तिहरु शत्रुको नियन्त्रणमा रहँदा तिनलाई मुक्त गर्न पनि गोप्य रूपमा कारबाहीहरु अघि बढाइरहेको हुन्थ्यो ।

असान्जको प्रतिरक्षा गर्नका लागि कुनै राज्य छैन । उनको प्रतिरक्षा गर्ने भनेको हामीले मात्र हो । त्यसैले आऊँ हामी सोभियत गुप्तचर एजेन्सीहरुले गर्ने जस्तै गरौँ । यसमा जति समय लागे पनि हामीहरु उनको प्रतिरक्षाका लागि तयार होऔं । विकिलिक्स सुरुवात मात्र हो । हाम्रो नारा माओवादीहरुको जस्तै सयौँ विकिलिक्स फुल्न दिऊँ भन्ने हुनुपर्छ । हाम्रो साझा डिजिटल स्रोतलाई नियन्त्रणमा राखिरहेका शक्तिमा रहेकाहरुले जुन भय र हतासामा असान्जविरुद्ध कारबाही बढाए, त्यसले पनि यस्ता क्रियाले तिनको गुह्यमै प्रहार गरेको प्रमाणित गर्छ ।

यस सङ्घर्षमा धेरै व्यक्तितग लाञ्छानाहरु प्रहार हुनेछन् । हाम्रो पक्षलाई शत्रुको हातमा गएको आरोप लगाइँदैछ (जसरी असान्जको प्रतिरक्षाको अभियानलाई पुटिनको अभियान भनिँदैछ) तर हामीले यिनलाई बानी पार्नुपर्नेछ र हाम्रो चासोमा अडिग रहन सिक्नुपर्छ । त्यसरी मात्र हाम्रो पक्षमा बलियो एकता निर्माण गरेर तिनका पक्षलाई हराउन सकिनेछ ।

प्रकाशित मिति: Apr 16, 2019

प्रतिक्रिया दिनुहोस्