Logo
३१ भाद्र २०८२, मंगलबार
(April 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीव्र विकास र उच्च आर्थिक वृद्धिको लक्ष्यसहितको दीर्घकालीन योजनाका लागि राष्ट्रिय परिषद्को बैठक

काठमाडौँ : राष्ट्रिय विकास परिषद्को दुई दिने बैठक जारी छ । राष्ट्रिय योजना आयोग अन्तर्गतको परिषद्ले संघीयताको मोडलमा आधारित १५ औँ विकास योजनाको आधारपत्रलाई अन्तिमरुप दिने तयारी गरेको छ।

आगामी वर्ष वैशाखको पहिलो सातासम्म आधारपत्र सार्वजनिक गर्ने तयारीमा आयोग छ । आयोगका सदस्य मीनबहादुर शाहीले २५ वर्षको विकास अवधारणा सहित १५ औँ योजनाको तयारी गरिरहेको र संभवत यो बैठकमा त्यो टुंगो लाग्ने जानकारी दिए।

त्यस अगावै अन्तिम आधार पत्र स्वीकृतिका लागि मन्त्रीपरिषद् लैजाने तयारी गरेको शाहीले बताए। सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई कार्यान्वयन गर्नेगरी आधार पत्र तयार पार्न लागेको उनको भनाई छ।

यसअघि आयोगले विकास योजना आधारपत्र निर्माणका क्रममा खासगरी स्थानीय, प्रदेश सरकार तथा निजी क्षेत्रका विभिन्न संघसंस्थासँग छलफल गरेको थियो।

आयोगले तीव्र विकास र उच्च आर्थिक वृद्धिको लक्ष्यसहितको दीर्घकालीन योजनाको आधार तयारमा आफ्नो जोड रहेको बताउँदै आएको छ।

प्रकाशित मिति: Apr 3, 2019

प्रतिक्रिया दिनुहोस्