Logo
१८ बैशाख २०८१, मंगलबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सावधान : एक महिना अगाडी नै दिन्छ शरिरले हर्ट अट्याक हुनुको संकेत

काठमाडौँ :  जुनसुकै उमेरको मानिसमा पनि आकस्मात हुने हर्टअट्याकले कयौँ व्यक्तिको ज्यान लिएको छ । आज सबैको अगाडी हाँसी खुसी रहेको व्यक्तिको भोली मृत्युको खबर सुन्नु पर्छ । पछिल्लो समय हृदयघातको कारण कयौको ज्यान जाने भएकाले यसको बारेमा धेरैले जानकारी पाइसकेका छन् की यो एक प्रकारको प्राणघातक रोग हो ।

जहाँ जतिबेला पनि हुने हृदयघात वृद्धवृद्धालाई मात्र हैन यौवन अवस्थाका मानिस पनि यसको सिकार भएका छन् । हृदयघात हुनुभन्दा एक महिना अगाडी नै केही संकेतहरू सुरू हुने भएतापनि यसको बेवास्ता गर्दा मृत्यु हुने गर्छ ।

त्यसकारण यस्तो खतराबाट बच्नको लागि एक महिना अगाडी नै देखिने लक्षणहरुलाई ध्यानमा राखेर सावधानी अपनाउँदा हृदयघातबाट पनि बच्न सकिन्छ । यस्तो छ हृदयघात हुनुभन्दा अगाडी देखिने लक्षणहरु :

१. शरिरको विभिन्न भागमा पिडा हुनु : जस्तै व्यक्तिको छाती वा अन्य भागमा पीडा हुन्छ भने यो हृदयघातको संकेत हो । यति छाती बाउडिएको छ भने यो पक्का हृदयघातको संकेत हो ।

२. सास फेर्न अप्ठ्यारो हुने :  यदि सास फेर्न अप्ठ्यारो हुन्छ भने यो हृदयघातको लक्षण हो । प्राय यो समस्या महिलाहरुमा देखिने गर्छ ।

३. पाचनतन्त्रमा गडबडी :  यदि तपाईलाई पाचनतन्त्रमा समस्या छ भने बेवास्ता नगर्नुहोस् । यो पनि हृदयघातको लक्षण हो ।

४. आत्तिने : धेरै डर, त्रास, चिन्ता र डरको महसुस गर्नुभएको छ भने सम्भावित हृदयघातको लक्षण हुन सक्छ ।

५. अत्याधिक पसिना आउनु : कसरत गर्दा हिड्डुल गर्दा पसिना आउनुु त सामान्य कुरा भएपनि बिनाकारण पसिना आउनु हृदयघातको लक्षण हो ।

६. गोडा फुल्ने :  यदि मुटुलाई शरिरको अन्य अंगमा रगत पुर्याउन समस्या भयो भने शिराहरु फुल्ने गर्छ । यस्तो हुनु भनेको हृदयघातको लक्षण हो ।

७. ढुकढुकी बढ्नु :  यदि धेरै दिनसम्म लगातार ढुकढुकी तीब्र गतिमा छ भने यस्तो अवस्थामा वेवास्ता गर्नुहुँदैन् यो हृदयघातको लक्षण हो । त्यसकार छिटो भन्दा छिटो चिकित्सकको सल्लाह बमोजिम अगाडी बढ्नुपर्नेछ ।

प्रकाशित मिति: Mar 26, 2019

प्रतिक्रिया दिनुहोस्