Logo
१८ बैशाख २०८१, मंगलबार
(June 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.बाबुराम भट्टराईको बिचार: राजनीतिलाई नै नयाँ विकल्प दिन्छौं

डा. बाबुराम भट्टराई

हामी सम्पूर्ण राजनीतिलाई नै नयाँ विकल्प दिँदैछौं । किनकिइतिहास विभिन्न कालखण्ड हुँदै अगाडि बढ्छ । नेपालनामको जुनहाम्रो यो देश छ, यसको भौगोलिकएकीकरणको कालखण्ड थियो । ५०–६० वटा राष्ट्रमा विभाजित राष्ट्रलाईएकीकरण गर्नुथियो । ठीक बेठीककसको नेतृत्वमा?कसले ग¥यो त्यो फरक कुरा हो । तर एकीकरण आवश्यकताथियो किनकीत्यो भौगोलिकएकीकरणको चरण थियो । पृथ्वीनारायण शाहदेखि भीमसेन थापाहुँदै सुगौली सन्धीसम्म एउटा चरण थियो । त्यो चरण असाध्यै केन्द्रीकृत नै हुनुपर्दथ्यो । राजा, महाराजा र भगवानको दुहाईनदिइकनत्यतिबेलाको जनताले बुझ्दा पनिबुझ्दैनथे । लड्ने, भिड्ने, मारकाट गर्ने, बन्दुकचलाउने, खुकुरी चलाउनेहरुले मात्रै राजनीतिमा सहभागिताहुन सक्थे । राजतन्त्रात्मक र युद्धमुखी राजनीतिको त्यो एउटा चरण थियो ।
दोस्रो भनेको जनतालाई अधिकार सम्पन्नबनाउने र पुरानो सामन्तीएकात्मक राज्यव्यवस्थालाई त्यसको अन्त्य गरेर जनताको लोकतान्त्रिक इच्छा आकांक्षा पूरा गर्ने, आफ्नो संविधानआफैं लेख्ने र जनतालाई सार्वभौम बनाउने अर्को चरण रह्यो । १९९० को आसपास प्रजापरिषद, प्रचण्ड गोर्खादेखि लिएर नेपालीकांग्रेस, एमाले, एमाओवादी र मधेसवादीहुँदै पछिल्लो अवधि २०७२ को संविधानबनाउने बेलासम्मअर्को कालखण्ड थियो । 
जसले नेपालीजनतालाई अधिकार सम्पन्नग¥यो । राजनीतिक परिवर्तन अथवाव्यवस्था परिवर्तनलाई सुनिश्चित गर्यो । भोलिगएर अर्को व्यवस्थाल्याउनुपर्ला त्यो बेग्लै कुरा हो । अहिले हाम्रो पुस्ताको लागिलोकतान्त्रिकव्यवस्थाल्याउन सक्यौं । यसरी दोस्रो चरण पूरा भयो भन्ने हाम्रो मान्यताहो ।
मुख्य कुरा यहीँनेर हो ।अबकिनचाहियो नयाँशक्तिभन्दाजनतालाईभूगोल भयो, जनताअधिकार सम्पन्नपनिबने । अबजनतालाईजनजिविकाचाहियो, आर्थिक विकास चाहियो । समृद्धि चाहियो । 
गरिबी र बेरोजगारीको अन्त्यहुनुपर्यो । शिक्षा, स्वास्थ्य, आवास, खाद्य सम्प्रभुता सबैलाई ग्यारेन्टी हुुनुपर्यो । यसरी अबआर्थिक समृद्धिको चरण सुरु भयो र त्यो चरणको नेतृत्वलिने र राज्य सत्तालाई त्यही ढंगले सदुपयोग गरेर मुलुकमा छिटोभन्दाछिटो समृद्धि ल्याउने राजनीतिकदलहामीलाई आवश्यक छ । लोकतन्त्रको निम्ति संघर्ष गर्नेहरुको क्षमताभनेको लड्ने, भिड्ने र जेल जाने क्षमताथियो । त्यो क्षमताले अबनपुग्ने भयो ।मपनिमाओवादीआन्दोलनमालागेकै हुँ । अबविकास र समृद्धितिर जानुपर्छ । अब पुरानो सोच, पुरानो शक्ति, पुरानो पार्टी र पुरानै क्षमताले पुग्दैन ।
त्यसैले अबहामी पुराना रुपान्तरित हुने र नयाँजोडिदै जाने र नयाँशक्तिनिर्माण गर्ने भनिएको हो, यसैको लागिहो नयाँशक्तिको आवश्यकता । यसैले यो जगैदेखि नयाँबन्दै छ । 
हामीविभिन्नपृष्ठभूमिका मानिसहरु पुराना आवद्धता त्यागेर किनयहाँआउँदैछौं ?किनकीनयाँ घर बनाउन सामग्रीपनिनयाँ चाहिन्छ । पहिले त हामीगुफामा बस्दैथ्यौं । बिस्तारै स्याउलालेबारेका छाप्रोमा बस्यौं । पछि माटाका घरहरुमा बस्न थाल्यौं । अहिले त हामीआधुनिकर समृद्ध नयाँ घर बनाउनखोजेकाहौं । त्यसको लागि रड, सिमेन्ट, काठ, सिसा सबै चाहियो, सबै जम्मागर्नुपर्यो । त्यसैले अहिले हामीविभिन्न पृष्ठभूमिका जम्माभइरहेका छौं । यो एउटा आधुनिकविशाल समृद्धिको घर बनाउनको निम्तिजम्माभएकाहामी सामग्रीहौं । यसैलाई जोडेर योजना, विचार संगठनले नेतृत्वदिएर वैज्ञानिक नक्साकोर्दै जगैदेखिको नयाँ घर बनाउँदै छौं । हामी सबै यही समृद्धिको आधुनिक घरको पाटपूर्जा हौं । नयाँ घरका पाटपूर्जा बन्न्ने हो । हामीले यसरी नै बुझौं ।
यहाँअवस्था परिवर्तन हो किव्यवस्था परिवर्तन भन्ने पछि प्रश्न छन् । अहिलेसम्मव्यवस्था परिवर्तन गर्न लड्यौं अबआर्थिक अवस्था परिवर्तन गर्न लड्ने हो । व्यवस्था परिवर्तनकापनिअपुग कुरा छन् । जस्तो किमहिला, मधेसी, आदिवासीजनजाति, दलितलगायतका सवालहरु बाँकी छन् । त्यसलाई हामीले यही संविधान पूरा गरेर जानुपर्छ । अहिले नै हामीव्यवस्था नै परिवर्तनको लागि लड्नु हुँदैन । यसले प्राप्तउपलब्धिहरु पनिगुम्ने खतरा हुन्छ । यसलाई संशोधन गरेर जोडकोण पूरा गर्नतिर लाग्नुपर्छ । तर मुख्यकामभनेको आर्थिक अवस्था फेर्नु नै हो ।
हामीनीतितथाकार्यक्रमलाई हामीले पाँच ‘स’कोकुरा गरेका छौं । यसमापनिमुख्य कुरा समृद्धि नै हो । यही समृद्धिलाई पूरा गर्नको लागि अरु पाँच ‘स’को कुरा गरेका छौं । यसमा सबैको स्वामित्व रहनुप¥यो । हिमाल, पहाड, तराई, सुदुरपश्चिम सबैको सहभागिताहुने लोकतन्त्रचाहियो, त्यसले मात्रै देशलाई वास्तविक अर्थमाएकीकरण गर्न सक्छ र वास्तविक समृद्धिको यात्रा सजिलै तय गर्न सकिन्छ । यसैले हामीले समानुपातिक, समावेशी र सहभागितामुलकलोकतन्त्रलाई जोड दिएका छौं ।
यसैगरी सदाचार र सुशासनपनिहाम्रो मुख्यप्राथमिकतामा पर्दछन् । भ्रष्टाचार अहिले व्याप्त छ । राजनीतिकभन्नासाथफोहोरी पोखरी भन्ने बुझिन्छ । हामीयसलाई सफागर्न चाहन्छौं । भ्रष्टाचारबाट मुक्तहुन चाहन्छौं । सुद्ध राजनीतिगर्न चाहन्छौं । सदाचार पालनागर्न चाहन्छौं । त्यसो हुन सकेन भने भएको जति साधन स्रोत सबै भ्रष्टाचारमै जान्छ अनि कसरी विकास हुन्छ । समृद्धिको लागि नेतृत्व, पार्टी र जनतामा नै सदाचार र सुशासनको संस्कृतिविकास गर्नुपर्छ । सुशासनभनेको विधिको शासनहो । पारदर्शिता अपनाउनुपर्छ ।
तेस्रो कुरा राष्ट्रिय स्वाधिनताको हो । हामीले भावनात्मक कुरा मात्र गरेर हुँदैन । हामीगरिब भइराख्ने, रोजगारीको निम्तिभारततिर चौकीदारी जानुपर्ने अनि त्यसैलाई गाली गरेर के गर्नु ?मरुभूमिमागएर युवाले पसिनाबगाईरहनु परेको छ । त्यो केहीनभएको मरुभूमिअहिले संसारकै धनी देश भइसक्यो । हामीभने सधैं झगडा गरेका छौं र अलिअलिभएकापनि केही नेताहरुले खाएर सिध्याएका छन् भने अबहामीले सही अर्थमा राष्ट्रियता जोगाउने हो भने यो देशलाई गरिबी र बेरोजगारीबाट मुक्त बनाउनुपर्छ । सबै देशसँग राम्रो सम्बन्ध राखेर भारत र चीनबीचको खुम्चिएर र चेपिएर बस्ने तरुलहोइन, विशालबजारहरुसँग समान सम्बन्ध राखेर गतिशीलपुलबन्ने, समाज सम्बन्धकायमगर्ने र आर्थिक समृद्धिको नेतृत्वगर्नेगरी अगाडि बढ्नुपर्छ । मुलुक समृद्ध भएपछि मात्र राष्ट्रिय बलियो हुन्छ, स्वाभिमानबलियो हुन्छ । गरिबी, बेरोजगारी र भिखमंगाभएर हाम्रो स्वाधिनताबलियो हुँदैन । आत्मनिर्भर र अन्तरनिर्भर बनेर स्वाधीनबन्ने भन्ने प्रगतिशील राष्ट्रियताको हाम्रो मान्यताहो ।
विचार र राजनीति के भन्ने पछि प्रश्नछ ।विचार, राजनीति र दर्शन भनेको मानिसले आफ्नो आवश्यकताले जन्माएकाहुन् । विचार र दर्शनले मान्छे जन्माएको होइन । मान्छेले आफ्नो युगको आवश्यकताले विचार जन्माएको हो । हिजो वाम र दक्षिण भन्ने जुनविचार थियो, त्यसले उदारवाद र समाजवादभन्ने विचार बिसौं शताब्दीमाप्रतिस्पर्धामा रहे । उदारवादले पनिअसमानता र ठूलो विभेद ल्याएको छ । संघर्ष र युद्ध निम्त्याइरहेको छ । अर्कोतर्फ राज्यले सबै कुरा नियन्त्रण गर्ने भन्ने राज्यमुखी समाजवादले पनि मान्छेलाई सम्पन्नबनाउन सकेन । गरिबी बाँड्ने समाजवादमात्रै भयो । यसैले अबहामी सम्पन्नता र समृद्धि बाँड्ने समाजवाद चाहन्छौं । सम्मुन्नत समाजवादजुनलोकतन्त्रको जगमाखडा भएको हुनुपर्छ भन्ने हाम्रामान्यताहो । जसले हामीलाई समृद्ध, सुखी, खुसी, स्वाधिनता र स्वाभिमान दिनसक्छ, त्यहीविचार जन्माउने अभ्यासमाहामी छौं ।
यो युग सुहाउने विचारको विकास गर्ने आँट हामीले गर्नुपर्छ । २५ सय वर्ष अगाडि बुद्धले विश्वलाई जसरी विचार दिने प्रयत्न गरेकाथिए, यो विज्ञान र सूचनाप्रविधिको युगमाहामीले नयाँविचार र दर्शन किन दिन सक्दैनौं ?त्यो आँट हामीले गर्नुपर्छ । यस्ता कुरामाकांग्रेस थिइस् किमाओवादीथिइस् कि कम्युनिष्ट थिइस् भन्ने कुराले कुनै कामगर्दैन । हामीत्यो भन्दामाथि उठेको आधुनिकयुगको आवश्यकता पूरा गर्ने शक्तिहौं । त्यसले दिने नयाँविचारले युगका समस्याहलगर्दै देशलाई समृद्ध बनाउने कुरालाई केन्द्रमा राखेर हामीले नयाँशक्तिबनाउँदैछौं ।

जेठ ३० गते विशाल भेला गरेर सबै संस्थापक सदस्य र समर्थकहरु जम्माभएर सामूहिकशपथगर्दछौं र नेपालीइतिहास नयाँयुगमाप्रवेश गरेको र नयाँइतिहास सुरु भएको एउटा उत्सवको रुपमायसलाई सम्पन्नगर्दैछौं । यो समृद्धिको युगको नेतृत्वगर्ने अगुवा र अभियन्ताको रुपमाहामीले भूमिकानिर्वाह गर्दैछौं । जनताको विशाल जमघटबाट त्यो प्रतिवद्धता र अठोट हामीले व्यक्तगर्नुछ । यो ऐतिहासिककार्यमा सहभागी हौं ।

प्रकाशित मिति: Jun 10, 2016

प्रतिक्रिया दिनुहोस्