Logo
२० बैशाख २०८१, बिहीबार
(June 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वाभिमान अभियान पर्बतमा

पर्बत । मानब अधिकार तथा शान्ति समाजले शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमान, एकता, सद्भाब र आत्मसम्मान भन्ने मुल बिषय सहित देशब्यापी रुपमा संचालन गरिरहेको स्वाभिमान अभियान अन्तर्गत जष्ेठ २८  गते  बिहान पर्बत सदरमुकाम स्थित कुस्मा बजारमा जागरण सभा सम्पन्न भएको छ । 
जागरण सभामा प्रमुख बक्ताको रुपमा बोल्दै मानब अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले  नेपाल बन्द जस्ता कार्यक्रम नगर्न नागरिक आन्दोलनका तर्फबाट बिगतमा राजनीतिक दलहरुलाई आग्रह गर्दै आएको स्मरण गराउँदै बन्द र तोडफोड गर्नु भनेको देश र जनताको भबिष्यलाई क्षतबिक्षत बनाउनु हो भन्नुभयो ।
शान्ति समाज पर्बत शाखाका सभापति मानकुमारी गिरीको सभापतित्वमा सम्पन्न जागरण सभामा समाजका केन्द्रिय कार्यसमितिका सभापति गंगाधर अधिकारीले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सभामा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद अधिकारी, नेपाली काग्रेस पर्बतका सभापति खिमप्रसाद भुषाल, नेकपा एमाले सचिब पदमपाणी शर्मा, नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण पराजुली, राप्रपा नेपालका सचिब प्रकाश पौडेल, नेकपा माओबादी बिप्लव नेतृत्व) का जिल्ला संयोजक बैगुण्ठ गिरी, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष दुर्गाप्रसाद शर्मा र नागरिक संजाल पर्बतका अध्यक्ष राजेन्द्र पहाडी, अभियानको सफलताको कामना सहित ऐक्यबद्धता ब्यक्त गर्नुभएको थियो । 
अधिकारकमीहरु अर्जुन अधिकारी र सरस्वति शर्माले समेत मन्तब्य ब्यक्त गर्नुभएको  जागरण सभामा  पर्बत शाखा उपसभापति ओमप्रसाद घायलले स्वागत गर्नुभएको थियो भने अभियानका सन्दर्भमा तयार अबधारणा पत्र समाजका बिभागिय संयोजक गोबिन्द पोखरेलले प्रस्तुत गर्नुभएको थियो ।
    
यसै गरि मानव अधिकार तथा शान्ति समाजको नियमित मासिक कार्यक्रम शान्ति काब्य प्रबाहको  ४५ औं श्रृखला २०७३ जेठ २७ गते काठमाडौं स्थित समाजको केन्द्रिय कार्यालयको सभाकक्षमा सम्पन्न भएको छ ।
समाजका महासचिव उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न काब्य प्रवाहमा  २५ जना सर्जकहरुले  रचना वाचन गर्नुभएको थियो । रचना वाचन गर्नेहरुमा  ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी , मदन कार्की, रत्ननीधि रेग्मी, डा. सत्यराज थपलिया, जसध्वज गुरुङ्ग, उर्मिला पन्त पाण्डेय , त्रिपुरा पौडेल, उमेश पाण्डे, नवराज श्रेष्ठ, प्रदीप मैनाली, अशोक कुँवर, द्वारिका कुईंकेल, रुद्र अधिकारी, गोबिन्द नेपाल, आनन्दराम पौडेल, पुण्य गौतम बिश्वास, जनार्दन अधिकारी, अन्जु बिष्ट, मुकुन्द न्यौपाने, प्रभाकर पाण्डे, ओमप्रसाद कोईराला, बिजयराज न्यौपाने , श्रीराम राई र रश्मि रिमाल हुनुहुन्थ्यो ।

प्रकाशित मिति: Jun 11, 2016

प्रतिक्रिया दिनुहोस्