Logo
९ जेष्ठ २०८१, बुधबार
(March 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद अमरेश कुमार सिंहसँग कञ्चनपुरकी लक्ष्मी जोशीको लगनगाँठो

नेपाली काङ्ग्रेसका सांसद डा. अमरेश कुमार सिंह वैवाहिक जीवनमा प्रवेश गर्नुभएको छ । आज (फागुन २५ गते विहान) ललितपुरको प्रशिद्ध बगलामुखी मन्दिरमा उहाँको विधिपूर्वक विवाह सम्पन्न भएको हो ।

सर्लाही मूलघर भएका सिंहले कञ्चनपुरकी लक्ष्मी जोशीसँग लगनगाँठो कस्नुभएको छ । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुहुने लक्ष्मी जोशीको पारिवारिक जीवन सफल नभएको र उहाँ विगत एक दशकभन्दा लामो समयदेखि संयुक्त परिवारमा भएर पनि एकल जीवन बिताउँदै हुनुहुन्थ्यो ।

कानूनी रूपले सम्बन्ध बिच्छेद गरिसक्नुभएकी लक्ष्मी र अमरेश सिंहबीच केही वर्षअघि चिनजान भएपछि उक्त चिनजान मित्रतामा रूपान्तरित भएको र अहिले मित्रता वैवाहिक जीवनमा बदलिएको हो ।

सांसद अमरेश कुमारको यसअघि २०६४ सालमा झापाकी एक युवतीसँग विवाह भएको थियो । तर, ती युवतीसँगको वैवाहिक जीवन चल्न नसकेपछि २०६७ सालमा उहाँहरूको सम्बन्ध बिच्छेद भएको थियो । सांसद सिंह विगत नौ वर्षदेखि एकल जीवन बिताउँदै हुनुहुन्थ्यो ।

आज विहान (फागुन २५ गते शनिबार) बगलामुखीमा सम्पन्न वैवाहिक समारोहमा युगल जोडीका केही आफन्त तथा सीमित साथीहरूको मात्र उपस्थिति थियो ।

फोटो: घटना र विचार

प्रकाशित मिति: Mar 9, 2019

प्रतिक्रिया दिनुहोस्