Logo
२० जेष्ठ २०८१, आईतबार
(February 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शाहको स्वास्थ्य अवस्थामा सुधार, आज डिस्चार्ज हुने

काठमाडौं : पूर्वयुवराज पारस शाह शुक्रबार डिस्चार्ज हुने भएका छन् । हृदयाघातपछि नर्भिक अस्पताल, थापाथलीमा उपचाररत शाहको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएकाले डिस्जार्ज गर्न लागिएको अस्पतालले जानकारी दिएको छ ।

माघ १४ गते हृदयाघात भएर नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएकाले अस्पतालले डिस्चार्ज गर्न लागेको हो । अस्पताले उनललाई आज दिँउसो साढे एकदेख दुई बजेभित्र डिस्चार्ज गर्ने अस्पतालले जानाएको छ । पारस हाल हिँड्डुल गर्ने, सामान्य क्रियाकलाप गर्न सक्ने भएको अस्पतालले जनाएको छ ।

पूर्वयुवराज शाहलाई बुधबार सिसियुबाट क्याबिनमा सारिएको थियो। छाती दुखेर नर्भिकको आकस्मिक कक्षमा पुगेका शाहलाई हृदयाघात भएको थाहा भएपछि चिकित्सकले तत्काल क्याथल्याब सारेर कोरोनरी एन्जियोग्राम गर्दा उनको मुटुको धमनी पूर्ण रूपमा बन्द भएको पाइएको थियो ।

बन्द धमनी खुलाउन तत्काल कोरोनरी एन्जियोप्लास्‍टी तथा स्टेन्ट प्रत्यारोपण गरिएको थियो । शाहको उपचारमा प्रा. डा. यादवदेव भट्टलगायत डा. जेपी जैसवाल, डा. नग्माश्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिस्‍ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको अस्पतालले जानकारी दिए ।

प्रकाशित मिति: Feb 1, 2019

प्रतिक्रिया दिनुहोस्