Logo
१७ जेष्ठ २०८२, शुक्रबार
(June 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेक्सिको र भेनेजुएला अपराजित रहँदै क्वाटरफाइनलमा

समुह चरणको अन्तिम खेल खेल्नु अघि नै क्वाटरफाइनल पुगिसकेको मेक्सिको र भेनेजुएलाले अन्तिम खेलमा बराबरी खेल्दै अंक बाँडे। यस अघि दुवै टीमले उरुग्वे र जमैकालाई हराउँदै अन्तिम आठको यात्रा तय गरिसकेको थिए।
यस्तोमा अन्तिम खेल समुह विजेता र समुह उपविजेताको टुङ्गो लगाउने खेल बन्यो। जसमा मेक्सिको र भेनेजुएलाले १–१ गोलको बराबरी खेले।
खेलका दशौं मिनेटमै जोस भेलाज्काकोजले गोल गर्दै भेनेजुएलालाई अग्रता दिलाएका थिए । खेल सकिन दश मिनेट अगाडीसम्म पनि भेनेजुएलाले उक्त अग्रतालाई कायमै राखेको थियो। तर ८० औं मिनेटमा मेकिसकोका जेसस कोरोनालो गोल गर्दै खेल बराबरीमा ल्याए। 
त्यसपछि दुवैतर्फबाट गोल नहुँदा खेल बराबरीमै सकियो। बराबरीपछि गोल अन्तरका आधारमा मेक्सिको समुह सी को विजेता तथा भेनेजुएला उपविजेता बनेको छ। क्टारफाइनलमा अब मेक्सिकोले समुह डी को उपविजेता तथा भेनेजुएलाले समुह डी को विजेतासँग खेल्नेछ। 
समुह डी बाट यसअघि नै दुई खेल जित्दै अर्जेन्टिना क्वाटरफाइनल पुगिसकेको छ भने चिली र बोलिभिया बिच हुने खेलको विजेता पनि क्वाटरफाइनल पुग्नेछ । 

प्रकाशित मिति: Jun 14, 2016

प्रतिक्रिया दिनुहोस्