Logo
१८ बैशाख २०८१, मंगलबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भक्तपुरमा १ र काठमाडौंमा २ थप यातायात कार्यालय खोल्न प्रधानमन्त्रीको निर्देशन

Prachand PM

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यातायात सम्बन्धि कामलाई प्रभावकारी, सुलभ र जनमैत्री बनाउन सेवा प्रदायक कार्यालय थप्न निर्देशन दिएका छन् । सोमबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र यातायात सचिवलाई निवासमा बोलाएर प्रधानमन्त्रीले यथाशिघ्र सेवा प्रदायक कार्यालय थप्न निर्देशन दिएका हुन् ।

‘उपत्यकामा सवारी चालक अनुमति पत्र, लाइसेन्स, बिलबुकको नवीकरण, रुट परमिट लगायतका कामलाई सेवाग्राहीको चाहनाअनुसार सहज बनाउन उपत्यकामा भक्तपुरमा १ र काठमाडौंमा थप २ कार्यालय थपेर छिटो सेवा दिने व्यवस्था गर्नुहोस्, प्रधानमन्त्रीले भने । प्रधानमन्त्रीले ‘सवारी चालक अनुमति पत्रको लिखित परीक्षाका लागि स्कुल, कलेजको घर भाडामा लिएर एकैचोटी चार, पाँच हजारको संख्यामा परीक्षा दिन सकिने व्यवस्था गर्न, अनलाइन फारमको व्यवस्था गर्न, नवीकरण, रुट परमिट लगायतका कामलाई अनलाइन प्रणालीबाट प्रारम्भ गर्न, कलेजका स्वयम्सेवा गर्न चाहने विद्यार्थीहरुलाई अभिमूखीकरण तालिम दिएर काममा खट्नसक्ने व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिए । भेटमा मन्त्री लेखकले आवश्यक गृहकार्य गरेर प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति: Aug 22, 2016

प्रतिक्रिया दिनुहोस्