Logo
१८ बैशाख २०८१, मंगलबार
(August 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हैट: राजेन्द्र-उपेन्द्रको द्वन्द्व बुझिनसक्दो छ भयो बा !

Upendra with Rajendra

राजविराज । राजेन्द्र महतो र उपेन्द्र यादव दुवैजाना मधेशवादी नेता हुन यसमा कुनै शकां छैन, तर राजेन्द्र सदभावना स्कुलिङ्ग र उपेन्द्र कम्युनिष्ट स्कुलिङ्गबाट राजनितीमा आएका हुन । पछिल्लो पटक उपेन्द्रले आफना पार्टीको नाम फेर्दे राष्ट्रिय नेता बन्ने प्रयास समेत थालेका छन तर उनी अझैपनि मधेशवादी नेताकै ह्याङ्गओभरबाट ग्रसित रहेको बुझाई छ ।

यता,  मधेश आन्दोलनको उदगमस्थलको रुपमा रहेको सप्तरीको भारदह अझै पनि चर्चामा छ । भारतदहबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन शुरुवात भएको अवसरमा एकवर्षपछि त्यहाँ श्रद्धान्जली सभाको आयोजना गरियो । तर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरे ।

राजिव राउतको श्रद्धान्जलीको लागि मधेशी मोर्चाले भदौ १ गते भारदहमा कार्यक्रमको आयोजना गरेको थियो । त्यो कार्यक्रममा यादवबाहेक मोर्चामा आवद्ध अन्य सबै पार्टीको उपस्थिति थियो । सो कार्यक्रमको प्रमुख अतिथि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो थिए । मधेशी मोर्चाले आयोजना गरेको कार्यक्रमचार दिनपछि आज फोरम नेपालले भारदहमा त्यस्तै कार्यक्रमको आयोजना गरेको छ । जसको प्रमुख अतिथि उपेन्द्र यादव रहेका छन् ।

यसको कारणले उपेन्द्र यादव र राजेन्द्र महतोको द्धन्द्ध मधेशमा आएर थप छताछुल्ल भएको छ । मधेश आन्दोलनको शुरुवातदेखि नै यी दुई नेताको आन्तरिक द्धन्दका कारण आन्दोलन शिथिल भएको आरोप लागि रहेको थियो । मधेशमा गत वर्षको भदौं १ देखि आन्दोलन शुरु भएको थियो । आन्दोलन शुरु भएकै दिन राजिव राउतको मृत्यु भएको थियो ।

मोर्चाका एक घटक सद्भानवना पार्टीका अध्यक्ष सुनिल झाले केन्द्रको निर्णयको आधारमा विगतदेखि कार्यक्रमहरु गर्दै आएको र मोर्चाकै निर्णयका आधारमा आज श्रद्धान्जली कार्यक्रम गरेको बताए । तर मोर्चाले आयोजना गरेको यसअघिको श्रद्धान्जली कार्यक्रममा फोरम नेपाल किन सहभागि भएन त्यसको बारेमा भने आफूहरुलाई केही थाह नभएको उनले प्रतिकृया दिए ।

फोरम नेपाल सप्तरीले भदौं एक गतेदेखि भदौं सात गतेसम्मको छुट्टै कार्यक्रमको घोषणा गरेको बताइएको छ । फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साहले मधेशी मोर्चाले छुट्टै कार्यक्रम गरेको भएपनि त्यो कार्यक्रममा आफ्नो पार्टी सहभागि नभएको बताए । नागरिक समाजका कार्यवाहक अध्यक्ष थानसिह बन्सालीले यसरी छुट्टा छुट्टै कार्यक्रम गर्नु मधेशका हितमा राम्रो नभएको प्रतिकृया दिए ।

प्रकाशित मिति: Aug 22, 2016

प्रतिक्रिया दिनुहोस्