Logo
१८ बैशाख २०८१, मंगलबार
(August 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठाकुर भन्छन-‘सीमाकंनमा सुधार नभएसम्म चुनाव हुन दिन्नौ’

Tamalopa1

काठमाडौं ।  तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरले मधेसी समुदायले उठाउँदै आएका प्रदेशको संख्या र सीमाकंनमा सुधार नभएसम्म स्थानीय निकायको चुनाव हुन नदिने दाबी गरेका छन् । तमलोपाको केन्द्रीय कार्यालयमा पार्टीको भातृ संगठन लोकतान्त्रिक बुद्धिजिवी संघले शुक्रबार आयोजना गरेको ‘राज्य पुर्नसंरचना तथा स्थानीय निकाय’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भने ‘हामिले सरकारलाई मतदान ग¥यौ भन्दैमा सबै कुरामा सहमति भयो भन्ने होइन, सिमाकंनको मुद्दा नमिलेसम्म हामी स्थानीय चुनाव हुन दिन्नौ ।’

‘सीमांकनको विषय टुँगो नलागी सरकारले विभिन्न स्थानीय तहको पुर्नसंरचना गर्दैछ’ ठाकुरले भने ‘निर्वाचनको कुरा गर्दैछ, त्यो हामीलाई मान्य छैन ।’ ठाकुरले स्थानीय निकायको चुनाव सीमाकंनको विवाद समाधान भएपछि मात्र गर्न सरकारलाई सुझाव दिएका छन् । संविधान जारी भएको दिनलाई मोर्चाले कालो दिनको रूपमा मनाउने उनको भनाई थियो । कार्यक्रममा अधिवक्ता सुरेन्द्र महतो, डा.कृष्ण हाछेथु र विद्याधर मल्लिकले राज्य पुर्नसंरचनाका विषयमा विचार राखेका थिए ।

तमलोपा नेतृत्वमा चरम विवाद !
तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) भित्र सांगठनिक संरचना समावेशी नभएको भन्दै चरम असन्तुष्टि देखिएको छ । उच्च जातिको बाहुल्य रहेको पार्टीका रूपमा परिचित तमलोपाले ३० साउनमा केन्द्रीय समितिलाई पूर्णता दिँदै सार्वजनिक गरेको सूचीप्रति असन्तुष्टि जनाउँदै विवाद सिर्जना भएको हो । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा उपस्थित तमलोपा नेताबीच विवादको विषयले प्राथमिकता पाएको थियो । ‘असन्तुष्टिका कुरा आएका छन्, त्यसलाई कसरी सन्तुष्ट बनाउने त्यसबारे पनि पार्टी गम्भीर हुनेछ,’ कार्यक्रममा अध्यक्ष महन्थ ठाकुरले भने, ‘तर कुनै चरम असन्तुष्टि भने होइन, लोकतान्त्रिक पद्धतिमा आ–आफ्ना कुरा राख्ने अधिकार सबैलाई छ ।’
स्रोतका अनुसार केन्द्रीय समिति समावेशी र समानुपातिक छैन । २० साउनमा सार्वजनिक सूची सच्याउन भन्दै देशभरिबाट अध्यक्ष ठाकुरसहितका नेतालाई तीव्र दबाब परेको एक केन्द्रीय नेताले जानकारी दिए ।  ठाकुरविरुद्ध महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गर्ने चौधरीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको छ भने यसअघि पनि महामन्त्री जितेन्द्र सोनललाई केन्द्रीय सदस्य बनाइएको छ । यसअघि केन्द्रीय समितिमा मात्रै रहेका बृजेशकुमार गुप्ता र जंगीलाल रायलाई महामन्त्रीको जिम्मेवारी तोकिएपछि दुवै पूर्वमहामन्त्री केन्द्रीय कार्यालय आउन छाडेका हुन् ।

पहिलोपटक तमलोपाले प्रेमचन्द्र झालाई अपांगता भएको व्यक्तिको कोटाबाट केन्द्रीय समितिमा लगेको छ । पार्टीलाई पूर्ण समावेशी र समानुपातिक ढाँचामा रूपान्तरण गर्न अध्यक्ष ठाकुर र नेतृत्वमाथि निरन्तर दबाब परेपछि ठाकुर आपसी सल्लाहमा व्यस्त छन् ।  नेतृत्व चयन गर्दा समावेशी र समानुपातिक अवधारणामा रूपान्तरण नगरिएपछि निवर्तमान महामन्त्रीद्वय चौधरी र सोनल पार्टी केन्द्रीय कार्यालय आउनै छाडेका छन् । तमलोपामा मयार्दाक्रमअनुसार पनि महत्वपूर्ण जिम्मेवारीमा कथित उच्च जातिको बाहुल्य छ । अध्यक्ष ठाकुर, वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी, उपाध्यक्षद्वय बृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्ला हुन् ।

त्यसमध्ये बिस्तारित केन्द्रीय समितिमा अल्पसंख्यक, जनजाति र मुुसलमान समुदायलाई कम ठाउँ दिइएकोमा तीव्र असन्तुष्टि सतहमा आएको हो ।  केन्द्रीय समितिलाई पूर्णता दिने नाउँमा ५८ जनाको नाम सार्वजनिक गर्दा दुई दर्जन बढी उच्च जातको परेको केन्द्रीय सदस्य सुरेश मण्डलले बताए । उनका अनुसार देशभरिबाट पार्टीलाई समावेशी र समानुपातिक बनाउन केन्द्रमा दबाब परेको छ । सिरहा र बारा जिल्ला कमिटीको बैठकले पार्टीलाई समावेशी र समानुपातिक बनाउन लिखित पत्र केन्द्रमा पठाउने तयारी गरेका छन् ।

श्रोतका अनुसार केन्द्रीय समिति चयन गर्दा तराईका सुनसरी, उदयपुर र बर्दियाबाट प्रतिनिधित्व नगराएपछि ती जिल्ला समितिले केन्द्रमा असन्तुष्टि पोखेका छन् ।  यसअघि सम्धिनी इन्द्रा झालाई सांसद बनाएका अध्यक्ष ठाकुरले सम्धी उमाकान्त झालाई केन्द्रीय समितिमा मनोनयन गरेपछि झन आलोचनाको विषय बनेको छ ।

प्रकाशित मिति: Aug 19, 2016

प्रतिक्रिया दिनुहोस्