Logo
१८ बैशाख २०८१, मंगलबार
(June 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ शक्ति विवादको घेरामा, डा भट्टराईलाई एकलौटी गरेको आरोप


काठमाडौँ । तामझामका साथ डा बाबुराम भट्टराईले नयाँ शक्तिको घोषणा गरे । तर, नजन्मदै विवादको घेरामा फसेको नयाँ शक्तिमा लागेकाहरुको गतिविधिका कारण सबैभन्दा बढी तनाव उनै भट्टराईलाई दिएको छ ।
नयाँ शक्तिको भेलामा पूर्व–सचिव रामेश्वर खनाल र मुमाराम खनालको हानथापका कारण केन्द्रीय समिति नै बनाउन उनी असफल भएका छन् । भेलाबाट केन्द्रीय समिति बनाउने बताइएपनि दुई खनालको पद लोलूपताका कारण नयाँ शक्तिले केन्द्रीय समिति नै निर्माण गर्न नसकेको भेलामा सहभागी नेताहरुले जानकारी दिएका छन् । 
यस्तै परशुराम तामाङले पनि डा. भट्टराईको राजनीतिक प्रस्ताव विरुद्ध फरक मत प्रस्तुत गरेर डा. भट्टराईलाई च्यालेन्ज गरेका छन् । माओवादीबाट नयाँ शक्तिको बिल्ला भिरेका र पूर्व–प्रशासकको आ–आफ्नै स्वार्थका कारण भेलाबाट कुनै पनि ठोस निष्कर्ष निस्कन नसकेपछि सबैभन्दा बढी समस्यामा उनै भट्टराईलाई पारिदिएको छ । 
विवादै विवादले केन्द्रीय समिति बनाउन नसकेपछि त्यसको दोष एक अर्कालाई लगाएर पन्छने प्रवृत्ति पनि नयाँ शक्तिमा देखिएको छ । खनालद्धय त विवादको जरो नै भए त्यसमाथि परशुराम तामाङ पनि विपक्षमा उभिएपछि समस्यामा नराम्ररी फसेको छ नयाँ शक्ति । 
यस्तै भुँइफुट्टा नेता जन्माउने थलो नयाँ शक्ति भएको भन्दै आलोचना नै भएको छ । सामाजिक सन्जालमा त झन् सबैभन्दा बढी आलोचना भएको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

प्रकाशित मिति: Jun 17, 2016

प्रतिक्रिया दिनुहोस्