Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘राष्ट्रिय अध्यक्ष र अध्यक्षको पावर शेयरिङमा कुरो मिलेन’

Pasupati

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले पावर शेयरिङ नमिलेका कारण राप्रपा नेपालसंगको पार्टी एकिकरण विथोलिएको बताएका छन् । संवाद क्लव नेपालले शनिबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष राणाले राष्ट्रिय अध्यक्ष र अध्यक्षको पावर शेयरिङ सन्तुलित बनाउन राप्रपा नेपालले नमानेका कारण एकिकरण रोकिएको बताए ।

उक्त कार्यक्रममा बोल्दै राणाले राप्रपा नेपालका अध्यक्ष कमल थापा अनावश्यक आरोप प्रत्यारोपमा उत्रिएर नेपालमा डोनाल्ड ट्रम्पको नयाँ संस्करण सुरु गरेको आरोप लगाए । राप्रपा नेपालसंग एकता प्रकृया अत्य नभएर अवरुद्ध मात्र भएको बताउँदै अध्यक्ष राणाले कमल थापाले माफी मागे एकता प्रकृया फेरि सुरु हुन सक्ने बताए ।

एक अर्को प्रशङगमा अध्यक्ष राणाले भुकम्प पछिको पुननिमार्ण, मद्येश समस्याको समाधान, कालो बजारी÷घुसखोरि अन्त्य गर्दै सहज आपूति व्यवस्था र संविधान कायान्वयन मुलत यी चार विषय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको भन्दै आपूति मन्त्रालय आफ्नो पार्टीको भागमा परेकाले तत्काल आपूति व्यवस्था सहज बनाएर जनतालाई राहत दिन आफूले आपूति मन्त्री दिपक बोहोरालाई निर्देशन दिएको बताए ।

प्रकाशित मिति: Aug 13, 2016

प्रतिक्रिया दिनुहोस्