Logo
१८ बैशाख २०८१, मंगलबार
(August 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्ण सत्ताको लागि प्रतिरोध संघर्ष गर्ने विप्लवको घोषणा

Biplap mauwadi

काठमाडौं २८ साउन । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको पुर्ण सत्ताको लागि प्रतिरोध संघर्ष गर्ने बताएका छन् । उनले प्रतिरोध संघर्षको स्वरुप कस्तो हुन्छ भन्नेबारे भने खुलाएनन् ।

अखिल क्रान्तिकारीको समान शैक्षिक अधिकारका लागि राष्ट्रिय अभियानमा सहभागी विद्यार्थीहरूलाई निर्देशनात्मक प्रशिक्षण दिँदै विप्लवले सो धारणा राखेका हुन् ।

यसअघि विप्लवले सत्ता साझेदारीको मुद्दा उठाउँदै आएका थिए । राजनीतिक संक्रमणकाल अन्त्यसँगै सत्ता साझेदारीको मुद्दा सकिएको र पूर्णसत्ताको मुद्दा प्रमुख भएर आएको उनले बताएका छन् ।

प्रकाशित मिति: Aug 12, 2016

प्रतिक्रिया दिनुहोस्