Logo
१ जेष्ठ २०८१, मंगलबार
(November 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्मन्त्री राउतले भने– प्रदेश सरकारले पाउनुपर्ने अधिकार कुनै हालतमा छाडिन्न

धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले कसैसँग कुनै अधिकार नमाग्ने तर प्रदेश सरकारले पाउनुपर्ने अधिकार कुनै हालतमा नछोड्ने बताउनुभएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय प्रदेशस्तरीय प्रगति समीक्षा गोष्ठी कार्यक्रमको सम्बोधन गर्दै मन्त्री राउतले प्रदेशमा सुशासन कायम गर्न हरसम्भव प्रयास गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो प्रदेशमा करीब ५० प्रतिशत बढी दर्ता भएको मुद्दा जग्गा जमीनको रहेको छ, जग्गा जमीनकै कारणले विशेष गरेर दाजुभाइमा झगडा उत्पन्न हुन्छ, रुपैयाँको लोभमा नापी विभागका कर्मचारीले कसैको जग्गा जमीन कसैको नाममा सिफारिश गरिदिन्छ, यस्ता कर्मचारीलाई कानूनअनुसारको सजाय दिलाउछु, म आफ्नो कार्यकालभित्र भ्रष्टाचार हुन दिन्न ।”

 

प्रकाशित मिति: Nov 5, 2018

प्रतिक्रिया दिनुहोस्