Logo
१८ बैशाख २०८१, मंगलबार
(June 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नरेन्द्र मोदीका नारामा नयाँ शक्तिको अभियान !

काठमडौं । दुई वर्षअघि मात्र भारतमा आफ्नो चुनावी यात्रामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नारा थियो– ‘सबका साथ, सबका विकास’ । 
दुई वर्षपछि यो नारा नेपालमा भित्रियो नयाँ शक्तिका नाममा र यसलाई आफ्नो भनी प्रचार गरे बाबुरामले । उनका नारा हो– ‘अबको निकास, आर्थिक विकास ।’ 
फरक रह्यो भाषाको, त्यहाँ हिन्दी भाषामा यो नारा लाग्यो भने यहाँ नेपालीमा । विकासको कुरा जसले पनि गर्नहुन्छ । तर, ठ्याक्कै अरु कसैले भनेको कुरा केवल भाषामा उल्था गरियो भने त्यसको स्रोत उल्लेख गर्नुपर्छ । यो चाहिँ भएन । 
मोदीले यो मेरो नारा हो किन चोर्यौ नभन्लान् तर अरुलाई त कता–कता किरिकिरि लाग्ने नै भयो त्यो पनि खुला रुपमै । लेखक अमरदिपलाई असह्य नै भएछ लेखिहाले । नयाँ शक्तिका प्रस्तावक बाबुराम आफ्नै विगतलाई कहिल्यै नहेर्ने मध्येका पर्छन । 
तर कुनै पनि मान्छेसँग उसको विगत झुण्डिएकै हुन्छ, उसको प्रत्यक्ष परिचय बनेर त्यसकारण त्यो व्यक्ति विगतको गुण दोषकै मूर्ति भने हुन्छ । उनले विगतमा जे गरे त्यो काम गलत थियो तर उनले त्यसलाई कहिल्यै गलत मानेनन् । 
माओवादी जनयुद्वकालमा १७ हजारको रगत बगाएर त्यसको जिममेवारी लिन भनी भाग्न मिल्छ ? टिप्पणीकारहरुले सधैं यो प्रश्न गरिरहेका छन् तर उत्तरचाहिँ पाएका छैनन् । आजको आर्थिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: Jun 21, 2016

प्रतिक्रिया दिनुहोस्